माछापुच्छ्रे बैंकद्वारा नवटोल सुधार समितिलाई २५ कुर्सी हस्तान्तरण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ श्रावण २०७९, सोमबार ०५:४०

काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेडले काठमाडौंको सुकेधारास्थित नवटोल सुधार समितिलाई २५ थान कुर्सी हस्तान्तरण गरेको छ।

सुकेधारास्थित नवटोल सुधार समिति नयाँ कोलोनी सुकेधाराको सक्रियतामा स्थापित एवं सञ्चालित नव पुस्तकालय तथा जेष्ठ नागरिक मिलन केन्द्रका लागि ती कुर्ची हस्तान्तरण गरिएको हो।

नवटोल सुधार समितिले आयोजना गरेको कार्यक्रममा बैंक सञ्चालक समितिका सदस्य जय मुकुन्द खनाल, हरिभक्त सिग्देल र बैंकका नायब प्रमुख (दायित्व व्यवस्थापन तथा बाह्य मामिला) प्रतिमा पाण्डेले उक्त कुर्सी नवटोल सुधार समितिलाई हस्तान्तरण गरे।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जेष्ठ नागरिकको सुविधाको लागि पुस्तकालयलाई उक्त कुर्सी प्रदान गरेको हो।

माछापुच्छ्रे बैंकले विशुद्ध बैंकिङ्ग सेवाको साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि पनि विभिन्न संघ सस्थाहरुलाई सहयोग गर्दै आएको छ।

त्यस्तै बैंकले विभिन्न समयमा देशमा आइपर्ने प्राकृतिक विपत्तिहरुमा पनि सरकारलाई सहयोग गर्दै आएको छ।

माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ९ एक्सटेन्सन काउन्टर, १६७ शाखारहित बैंकिङ्ग सेवा, २०७ एटिएम मार्फत १३ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१