गठबन्धनका दललाई चुनावमा झन् चुनौती

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० श्रावण २०७९, शुक्रबार ०५:४४

काठमाडौं । सत्ता गठबन्धन मिलेर स्थानीय चुनाव लड्दा दुई तिहाईभन्दा बढी पालिका प्रमुखमा विजय हासिल गर्न सके । गठबन्धनको नेपाली काँग्रेस पहिलो, नेकपा माओवादी केन्द्र तेस्रो, जसपा चौंथो र नेकपा एस पाचौं स्थान हासिल गर्न सफल भए । जनमोर्चाले पनि ४ पालिका जित्यो ।

गठबन्धन काँग्रेस र माओवादीका लागि फाइदाजनक बन्यो । यही आधारमा दुई दल प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि पनि गठबन्धनको पक्षमा उभिएका छन् । स्थानीय चुनावकै जसरी मतदान हुने हो भने गठबन्धन दुई तिहाई सिट जित्न सक्ने सम्भावना पनि छ । तर, चुनाव सोचेजस्तो नहुने भइसकेको छ ।

स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवाहरुको लहर नै देखियो । अहिले विभिन्न दलबाट विद्रोह गरी उम्मेवारी घोषणा गर्ने लहर नै चलेको छ । स्वतन्त्र उम्मेदवारबाट शिर्ष नेताहरुलाई नै चुनौती देखिन थालेको छ ।

नेकपा एमाले फुटेको अवस्थामा छ । उसका लागि चुनाव सबैभन्दा चुनौतीपूर्ण छ । नेपाली काँग्रेसले गठबन्धनमा जाँदा आधा जति सिट छाड्नुपर्ने हुनसक्छ । यसकारण काँग्रेसमा विद्रोह हुनसक्छ । यसको परिणाम चुनावमा पर्ने सम्भावना बलियो छ ।

यसपटक चुनावमा अप्रत्याशित नतिजाहरु आउनसक्ने आँकलन समेत गरिएको छ । तीनदशकयता एउटै अनुहार शक्तिमा रहेकाले पनि असन्तुष्टि चुलिएको छ । विशेषगरी नेपाली काँग्रेसभित्र नेताहरुको उमेरलाई लिएर चासो बनेको छ । ७० कटेका नेताहरु नेतृत्वपंक्तिमा छन् । जसका कारण नयाँ पुस्ताले मौका पाउन त्यो भन्दा बढी उमेरसम्म पर्खनुपर्ने अवस्था छ ।

नेकपा एमालेमा पनि विधान नै संशोधन गरेर ७० कट्दा समेत केपी शर्मा ओली नेतृत्वमा रहे । त्यहाँ असन्तुष्टि व्याप्त छ । माओवादी अध्यक्ष प्रचण्डले फेरि प्रधानमन्त्री बन्ने इच्छा देखाएर नेतृत्व हस्तान्तरण नगर्ने स्पष्ट सन्देश दिएका छन् ।

नयाँ पुस्ताका लागि अझै नेतृत्वको मौका आउन समय लाग्ने भएकाले चुनावमा स्वतन्त्र उम्मेदवारहरु पार्टीभित्रैबाट निस्कन पनि सक्छन् । अर्कोतर्फ, लोकप्रीय अनुहारहरु विभिन्न दल खोलेर देखापरेका छन् । यो पनि गठबन्धनका लागि चुनौती बन्न सक्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०