परराष्ट्रमन्त्रीलाई संसदीय समितिको बैठकमा उपस्थित हुन निर्देशन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० श्रावण २०७९, शुक्रबार ०५:४०

काठमडौं । राज्यको निर्देशक सिद्धान्त,नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मुल्यांकन समितिले परराष्ट्रमन्त्री डा.नारायण खड्कालाई समितिको उपस्थित हुन निर्देशन दिएको छ ।

समितिको आज बसेको बैठकले अमेरिकी स्टेट पार्टनरसिप पोग्राम (एसपीपी) सम्झौता अस्वीकार गर्न अमेरिकालाई सरकारले पठाएको पत्र सार्वजनिक गर्न माग गरेको हो ।

मन्त्री खड्का भने आजको बैठकमा उपस्थित भएनन् । समितिको सभापति निरादेवी जैरेले परराष्ट्र मन्त्रालयले पठाएको चिट्टीलाई अमेरिकाले अपमान गरेको धारणा राखिन् ।

यसैगरी, नेपाली कांग्रेसकी नेतृ लक्ष्मी परिवारले परराष्ट्र मन्त्रीको बचाउँ गर्दै मन्त्री खड्का बाढी पहिरोले डुबानमा परेका जिल्लाहरुको अवलोकन लागि गएको सुनाइन् ।

त्यस्तै, नेकपा एमालेका नेता भीम रावलले परराष्ट्र मन्त्रालयले अमेरिका पठाएको पत्र संसदमा पत्र दिनुपर्ने धारणा राखे । मन्त्रालयले नै संसदमा पत्र नदेखाएर संसदलाई उल्टै विश्वास नगरेको उनले टिप्पणी गरे ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१