यसकारण प्रचण्डको ‘भद्र सहमति’ ओलीसँग तोडियो देउवासँग जोडियो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ श्रावण २०७९, बिहीबार ०५:३७

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच २०७४ को चुनावमा भएको ‘भद्र सहमति’ तोडिएको उतिबेलै खुलिसक्यो । ‘भद्र सहमति’ अनुसार ओली र प्रचण्डबीच आधा आधा प्रधानमन्त्री बन्ने थियो । तर, ओलीले साँढे दुई वर्षपछि प्रधानमन्त्री छाड्ने छाँटकाँट नदेखाएपछि तत्कालीन नेकपाभित्र भाँडभैलो मच्चियो ।

नेकपाको विवादमा जे जस्तो कारण देखाइएपनि ओलीले भद्र सहमति तोडेकोले नै हो भन्ने स्पष्ट भइसकेको छ । प्रचण्डले सिद्धान्त नै नमिल्ने नेपाली काँग्रेससँग मिलेर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन साथ दिए । ओलीलाई हटाउन उनले यो हदसम्मको कदम चाले ।

अहिले फेरि देउवा र प्रचण्डबीच आलोपालो प्रधानमन्त्रीको भद्र सहमतिको विषय खुल्दै गएको छ । चुनावअघि देउवा र चुनावपछि निश्चित समय प्रचण्ड प्रधानमन्त्री बन्ने गरी सहमति बनेको विश्वस्त स्रोतले जनाएको छ । यो सहमति कार्यान्वयन हुने हो या होइन चासो बनेको छ । चुनावी परिणामले भद्र सहमति कार्यान्वयन सम्भव बनाउला कि नबनाउला भन्ने पनि चासो बनेको छ ।

ओलीले विगतमा भद्र सहमति तोडेर राजनीतिक बेइमान गरेको विषय प्रचण्डले निकटस्थसँग गर्दै आएका छन् । उनमा बदलाको भावना पनि देखिन्छ । यसकारण उनी ओलीलाई तेस्रो स्थानमा धकेल्न लागेका छन् । काँग्रेस पहिलो र माओवादी दोस्रो बन्ने परिस्थिति बनाउन मरिमेटेर लागेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख ६, २०८१