आयल निगमले देखायो मासिक १ अर्ब २७ करोड घाटा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ श्रावण २०७९, बिहीबार ०५:२८

काठमाडौं  । नेपाल आयल निगमले पेट्रोलियम पद्धार्थको मूल्य नघटाउने भएको छ । निगमले मासिक १ अर्ब २७ करोड घाटाको अवस्थाबारे जानकारी गराउँदै मूल्य नघटाउने जनाएको हो ।

निगमका अनुसार पछिल्लो मूल्यसूची बमोजिम डिजेलमा प्रतिलिटर ९ रुपैयाँ २७ पैसा, एलपी ग्याँस प्रति सिलिण्डर ४९९ रुपैयाँ ५७ पैसा घाटा रहेको उल्लेख छ । पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ७८ पैसा र मट्टितेल तथा हवाई इन्धनमा केही मात्र नाफा रहेको उल्लेख छ ।

अझै १ अर्ब २७ करोड मासिक घाटा भएकाले मूल्य हाललाई यथावत् राख्नुपर्ने वाध्यात्मक अवस्था निगमसामु रहेको आज एक विज्ञप्तिमार्फत् भनिएको छ ।

इण्डियन आयल कर्पोरेशनलाई वक्यौता रकम अझै २३ अर्ब तिर्न बाँकी रहेको उल्लेख छ । यसबाहेक नेपाल सरकारबाट ७ अर्ब र राष्ट्रिय वाणिज्य बैंकबाट ३ अर्ब ऋण प्राप्त भएको निगमले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ४, २०८१