माधव नेपाल चुनावमा यसकारण बन्दैछन् निर्णायक शक्ति

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ श्रावण २०७९, बुधबार ०५:४८

काठमाडौं । नेकपा एमालेले र नेकपा एकीकृत समाजवादी पार्टीले स्थानीय तहको निर्वाचनमा प्राप्त गरेको मतलाइ आधार मान्दा यी दुई दल मिलेमा अझै पनि सबैभन्दा बढी स्थानमा प्रत्यक्षतर्फ चुनाव जित्नसक्ने देखिन्छ । अर्थात् केपी शर्मा ओली र माधवकुमार नेपाल मिलेमा शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड मिल्दा पनि बढी सिट जित्न मुश्किल पर्न सक्छ ।

एमाले देशभर फुटेको छ । तल्लो तहमा समेत फुटको असर छ । त्यसैले ओली र माधव नेपाललाई मिलाउन ठूलै समूह लागेको छ ।

देउवा र प्रचण्ड मात्र मिल्दा जसपा र लोसपा कता जाने हुन् यकिन गर्न कठिन छ । उपेन्द्र यादवले विकल्पमा ओलीसँग मिल्ने कार्ड समेत तयार गरेर राखेका छन् । महन्थ ठाकुरले पनि ओलीसँग भेटवार्ता छाडेका छैनन् । यसकारण माधव नेपाल यसपटकको चुनावमा निर्णायक शक्ति बन्ने अवस्था बनेको छ ।

प्रचण्डले वामपन्थी एकता वा समाजवादी केन्द्र नबन्ने भन्दै काँग्रेससँगै मिलेर जाने स्पष्ट पारिसके । अब माधव नेपाल पनि गठबन्धनमै रहने निश्चितप्रायः छ । तर, राजनीतिक लेनदेनमा कुरा नमिले उनले पनि ओलीसँगै हात मिलाउने सम्भावना नकार्न सकिदैन । आखिर राजनीति सम्भावनाको खेल हो ।

स्थानीय चुनावको मत तथ्यांकलाई आधार मान्दा नेकपा एमाले र नेकपा एस मिलेमा काठमाडौं उपत्यकामा अधिकांश सिटमा अगाडि देखिन्छन् । तर, गठबन्धन मिलेमा भने एमाले सून्य हुन सक्छ । यसकारण उपत्यकामा माधव नेपाल निर्णायक शक्ति देखिएका छन् ।

नेकपा एसको प्रदेश १, मधेश, बागमती, कर्णाली र सुदूरपश्चिममा शक्ति देखिन्छ । ती प्रदेशको मतका केलाउँदा ओली र माधव नेपाल मिलेमा देउवा र प्रचण्ड मिल्दा पनि धेरैजसो क्षेत्रमा चुनाव जित्न मुश्किल हुनसक्छ । देउवा र प्रचण्ड मात्र मिलेर जान खोजेको विषय पनि नउठेका होइनन् । त्यस्तो अवस्थामा माधव नेपाल या त ओलीसँग मिल्न सक्छन् या उनीनिकटस्थहरुले साथ छाडेर एमाले वा माओवादी रोज्न सक्छन् । यसकारण माधव नेपाललाई साथमै लिएर जानुपर्ने वाध्यता देउवा र प्रचण्डसामु देखिएको छ । माधव नेपाल निर्णायक शक्तिका रुपमा देखापर्दै गएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१