पैसाका लागि नक्कली प्रेम र नक्कली विवाहको बिगबिगी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ श्रावण २०७९, सोमबार ०५:४३

काठमाडौं । के तपाईँ कसैको प्रेममा पर्दैहुनुहुन्छ ? यदि हुनुहुन्छ भने सचेत हुनैपर्छ । प्रेम जस्तो पवित्र शब्दलाई बदनाम गर्ने गरी पैसाका लागि फसाउने धन्दा नै चलेको छ ।

फेसबुक तथा सामाजिक सञ्जालमार्फत् कसैबाट प्रेम प्रस्ताव आयो भने पनि सचेत रहनुहोस् । योजनावद्ध तरिकाले एउटा गिरोह नै सक्रिय छ जो प्रेमको नाटक गरेर पैसा असुल्न पल्किएको छ । कतिपय पुरुष या महिला प्रेमको नाटक गरेर अन्तरङ्ग क्रियाकलाप सामाजिक सञ्जाल या प्रत्यक्ष रुपमा गरेर ब्ल्याकमेलिङमा लागेका छन् ।

हनि ट्रयापिङको धन्दा नै चलाउने गिरोह सक्रि यछ । प्रहरीले यस्तो गतिविधिमा लाग्ने २ जनालाई गत हप्ता पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भक्तपुर बालकोट बस्ने सोलुखुम्बुका शेखर बास्तोला र रोजिता राउन छन् ।

सामाजिक सञ्जालमार्फत् महिला परिचालन गरेर फोन आदानप्रदान गरी फसाई दिने धम्की दिई ब्ल्याकमेल गरी रकम असुल गर्न गिरोह नै संलग्न थियो ।

पछिल्लो समय नाम चलेका केही व्यक्तिहरु हनि ट्रयापिङको शिकार भएका छन् । उनीहरुले गिरोहकी महिलालाई मोटो रकम दिएका थिए । त्यस्ता गिरोहमा महिलामात्र नभई पुरुष पनि हुने गरेका छन् ।

जापान देखि नेपाल आएर एकजना पुरुषलाई फसाउने महिलाको पर्दाफास भइसकेको छ । उनले पटक पटक विवाह गरी पुरुषहरुको सम्पत्ति नै हडपेको घटना खुलेपछि प्रहरीले पक्राऊ गरेर जेल पुर्याएको छ । ती महिलाले सामाजिक सञ्जालमार्फत् पुरुषलाई फसाउने गर्थिन् ।

पैसाका लागि एउटा गिरोहले नक्कली विवाह गरी युवकको बीमा गराई हत्या गरेको घटना खुलेको छ । नेपाल प्रहरीको सीआइबीले एक युवकलाई बीमावापत् मोटो रकम प्राप्त गर्न शिकार बनाइएको रहस्य खोलेको हो । ती युवक थिए बाँके कोहलपुरका २१ वर्षीय सर्जन बिक ।

सर्जनलाई डिपेन्डेन्ड भीसामा अष्ट्रेलिया लैजाने भनी संगठित गिरोहले सपना मल्लसँग नक्कली विवाह गराइदियो । कागजपत्र मिलाएर साँढे २ करोडको बीमा पनि गरायो । इच्छाइएको व्यक्ति सपना मल्ल राखेर राखेर रिलाएन्स इन्सुरेन्समा बीमा गराएको थियो । तर, युवकलाई बीमा गरेको ३७ दिनमै मिनिबसले किचेर हत्या गरियो । बीमा वापत्को रकम लिएर गिरोहले बाँडचुँड गर्यो । त्यसको खुलासा भयो ।

पैसाका लागि प्रेमको पवित्रतालाई धमिल्याउने गतिविधि बढेको छ । विवाह संस्थाकै बदनाम गर्न थालिएको छ । नक्कली विवाह गरेर महिला या पुरुष जो कसैलाई फसाउने गिरोह सक्रिय भएका छन् ।

कुनै युवकसँग विवाह गर्ने अनि केही महिनामै निहु खोजेर पारपाचुकेको बाटो रोज्ने महिलाहरुको गिरोह नै सक्रिय छन् । उनीहरुले पैसावाल युवक खोज्ने र विवाह गरेर सम्पत्ति दाबी गरी आफ्नो बाटो लाग्ने गरेका छन् । महिलाको सुन्दरतामा लोभ्भिने युवकहरुलाई सजिलै फसाउने गरेका छन् । उनीहरुसँग फसाउने शैली पनि हुने गरेको छ । जसका कारण युवकलाई समस्यामा नपरुञ्जेल युवतीको षड्यन्त्रको कुनै गन्ध पनि थाहा हुँदैन । यसरी नेपाली समाजमा कानूनको दुरुपयोग गरी पैसा कमाउने गिरोहले चुनौतीहरु दिन थालेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१