एकै वर्षमा १९ खर्ब २० अर्ब ४४ करोडको आयात १५ खर्ब ३९ अर्ब ८३ करोड ७० लाखबराबरको वस्तु आयात

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ श्रावण २०७९, आईतवार ०५:४६

काठमाडौं । हरेक वस्तुमा परनिर्भरता बढेसँगै एकै वर्षमा १९ खर्ब २० अर्ब ४४ करोड ८३ लाखको आयात भएको पाइएको छ । भन्सार विभागको गत आर्थिक वर्ष २०७८/७९ को तथ्यांकअनुसार बितेका १२ महिनामा नेपालले यति धेरै वस्तु तथा सामान आयात गरेको हो । यो अहिलेसम्मकै नयाँ रेकर्ड भएको विभागको दाबी छ ।

विभागका अनुसार गत आर्थिक वर्ष नेपालमा १९ खर्ब २० अर्ब ४४ करोड ८३ लाखको सामान आयात भएसँगै नयाँ रेकर्ड कायम भएको हो । अघिल्ले वर्ष सोही अवधिमा १५ खर्ब ३९ अर्ब ८३ करोड ७० लाखबराबरको वस्तु आयात भएको थियो । गत १२ महिनाको अवधिमा यति धेरै वस्तु आयात भएको छ ।

विभागका अनुसार नेपालले एक वर्षको अवधीमा कुल १९ खर्ब २० अर्ब ४४ करोड ८३ को आयात गर्दा कुल २ खर्ब ३ करोड ९ लाखको वस्तु निर्यात भएको छ ।

अघिल्लो आर्थिक वर्षमा नेपालबाट कुल १ खर्ब ४१ अर्ब १२ करोड ४० लाखबराबरको सामान निर्यात भएको थियो । तथ्यांकले निर्यातको तुलना गर्दा आयातमा वृद्धि भई व्यापार घाटामा झनै चुलिएको देखाएको छ ।

अघिल्लो वर्षको तुलनामा आयात २४ दशमलव ७२ प्रतिशतले बढेको छ । ४१ दशमलव ७४ प्रतिशतले निर्यातमा वृद्धि भएको छ ।

गत आवमा सरकारले ‘आयात उच्च भएको’ भन्दै विभिन्न वस्तु आयातमा प्रतिबन्ध गरे पनि अझै रोकिएको छैन । उपभोक्ताको भान्सादेखि हरेक वस्तु आयातमै निर्भर भएपछि देशको अवस्था यस्तो देखिएको हो । यसले राष्ट्रिय ढुकुटीमा भएको वैदेशिक मुद्रा सञ्चिति दर ह्वात्तै रित्याउने काम भएको विभागले बताएको छ ।

नियन्त्रणका लागि नेपाल राष्ट्र बैंकले विभिन्न ४७ वस्तु आयातमा प्रतिपत्र ९एलसी० खोल्ने काममा नै प्रतिबन्ध व्यवस्था गरेको छ । आयातमा कडाइ गरे पनि अझै घट्नुको साटो थप बढेकाले मुलुक निकै आर्थिक समस्यामा पर्ने सम्भावना देखिएको सरोकारवाला औंल्याउ“छन्

उनीहरूका अनुसार नेपालले आयात गरेको वस्तुको तुलनामा निर्यात हिस्सा निकै कमजोर छ । त्यसैले अघिल्लो वर्षको तुलनामा २३ प्रतिशतले वृद्धि भई १७ खर्ब २० अर्बको व्यापार घाटा बेहोरेको विभागले जनाएको छ ।

सो अवधिमा संसारभरका १ सय ६४ देशबाट नेपालले विभिन्न मालवस्तु आयात गरेको भन्सार विभागले जनाएको छ । विभागले सार्वजनिक गरेको गत आवको तथ्यांकअनुसार ती देशबाट यतिधेरै सामान आयात भएको हो ।

सो अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ । एक वर्षको अवधिमा नेपालले भारतबाट मात्रै १२ खर्ब १५ करोड २७ लाखभन्दा बढीको सामान आयात गरेको थियो । १२ खर्बभन्दा बढीको सामान आयात हुँदा कुल १ खर्ब ५५ अर्ब २२ करोड ३० लाखबराबरको सामान निर्यात भएको छ ।

जसका कारण नेपालले भारतसँग मात्रै १० खर्ब ४४ अर्ब ९३ करोड ४ लाखभन्दा बढीको व्यापार घाटा बेहोरेको छ । भारतपछि ठूलो मात्रामा आयात चीनबाट भएको छ ।

एकवर्षको अवधिमा चीनबाट २ खर्ब ६४ अर्ब ७८ करोड ३७ लाख बराबरको वस्तु आयात भएको छ । चीनबाट ८० करोड ८७ लाख ५४ हजार बराबरको मात्र सामान निर्यात हुँदा सो मुलुकसँग २ खर्ब ६३ अर्ब ९७ करोड ४९ लाख बराबरको व्यापार घाटा भएको छ ।

यस अवधिमा आयातसँगै निर्यात पनि वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्षको तथ्यांकअनुसार विदेशी वस्तु आयातसँगै स्वदेशी वस्तु निर्यातमा वृद्धि भएको छ ।

आव २०७८/७९ मा नेपालले २ खर्ब ३० करोड ९६ लाखबराबरको स्वदेशी वस्तु निर्यात गरेको छ । अघिल्लो आर्थिक वर्ष नेपालले १ खर्ब ४१ अर्ब १२ करोड ४० लाखबराबर निर्यात गरेको छ ।

विभागका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा यो आवमा आयात २४ दशमलव ७२ र निर्यात ४१ दशमलव ७४ प्रतिशतले वृद्धि भएको छ । आयातको तुलनामा न्यून मात्रामा निर्यात हुँदा नेपालको व्यापार घाटा पनि थप वृद्धि भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०