देश माओवादीको नीतिमा हिँडेको भएपनि नेतृत्व गर्न नपाएको प्रचण्डको गुनासो देश माओवादीको एजेण्डामा हिँडेको बताए

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ श्रावण २०७९, आईतवार ०५:३६

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश माओवादीको एजेण्डामा हिँडेको बताएका छन् । तर, उनले माओवादीको नीतिमा देश हिँडेपनि नेतृत्व माओवादीले गर्न नपाएको गुनासो पोखेका छन् । पार्टीको सम्पर्क समन्वय विशेष प्रदेश समितिको प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

उनले देशमा समावेशी, समानुपातिक प्रणाली आफूहरुले नै ल्याएको दाबी गरे । उनले देशमा अब माओवादी केन्द्रमात्रै माओवादीको रुपमा रहेको भन्दै मोहन बैद्य, नेत्रविक्रम चन्द र डा. बाबुराम भट्टराईले नेतृत्व गरेको पार्टीको औचित्यमाथि प्रश्न उठाए । उनले पार्टी स्थानीय तहको निर्वाचनमा निर्णायक शक्तिको रुपमा स्थापित भएको भन्दै आगामी निर्वाचनपछि देशको बागडोर माओवादीले सम्हाल्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१