ग्रील तथा स्टील ब्यबसायी महासंघको २७ औं साधारण सभा सम्पन्न :उत्कृष्ट कार्यसम्पादन गर्ने इकाईहरुलाई सम्मान

evccfn@gmail.com' rastriyakhabar
१५ श्रावण २०७९, आईतवार ००:०४

काठमाडौं । ग्रील तथा स्टील ब्यबसायी संघ हरुको छाता संगठनको रुपपमा रहि २७ बर्ष देखि ब्यबसायीहरुको हक हितमा कार्य गरीरहेको संस्था ग्रील तथा स्टील ब्यबसायी संघको २७ औं बार्षिक साधारण सभा आज भक्तपुर राधे राधे मा रहेको अतिथि बैंक्युट मा भब्यताको साथ सम्पन्न भएको छ ।
ग्रील तथा स्टील ब्यबसायी महासंघका अध्यक्ष मोहन कटुवाल को अध्यक्षता ,उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयका उद्योग सचिव अर्जुन प्रसाद पोखरेलको प्रमुख आतिथ्य ,नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेश प्रसाद सिंह तथा नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष सुरेन्द्र कुमार श्रेष्ठ को बिशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा महासंघका बरिष्ठ उपाध्यक्ष निरन्जन कुमार श्रेष्ठ ,प्रथम उपाध्यक्ष ठुलो बाबु श्रेष्ठ ,सल्लाहकार समितिका सदस्यहरु तथा जिल्ला ,क्षेत्र र इकाईका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
११ हजार भन्दा बढी ब्यबसाय र १ लाख ६० हजार भन्दा बढी मानिसलाई प्रत्यक्ष रोजगारी दिई बार्षिक ६५ अर्ब भन्दा बढी कारोबार गर्ने यो ब्यबसायलाई सरकारले आफ्नो मुलधारको ब्यबसायमा ल्याउन नसकेकोमा ब्यबसायीहरु चिन्तित रहेको अध्यक्ष कटुवालले बताउनु भयो ।
महाभुकम्प २०७२ पछि यो ब्यबसाय अलि फस्टाएको भएपनि कोरोनाको कारण ब्यबसायहरु धरासायी बन्दै गईरहेको भएपनि कारोनाको समयमा राज्यलाई अक्सिजनको हाहाकारको अवस्थामा आफ्नो ब्यबसाय र उद्योगमा प्रयोग हुने अक्सिजनका सिलिन्डरहरु प्रयोग गर्न दिएकोमा सरकारको तर्फबाट उद्योग सचिव अर्जुन प्रसाद पोखरेल ले आम ब्यबसायीहरुलाई हार्दिक आभार ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा महासंघमा आवद्ध जिल्लाका संगठन तथा बिभिन्न इकाईलाई कार्यसम्पादन मुल्याङ्कनको आधारमा सम्मान समेत गरेको थियो ।
जिल्ला स्तरबाट उत्कृष्ट पोखरा फेब्रिकेट एसोसिएसन का अध्यक्ष बिष्णु प्रसाद कर्माचार्य , ग्रील तथा स्टील ब्यबसायी संघ काठमाडौं पश्चिम क्षेत्र अन्तरगत बालाजु, खुसिबुँ इकाईका अध्यक्ष तोक बहादुर गधराज (तोकेन्द्र) तथा काठमाडौं पुर्वि क्षेत्र अन्तरगत कपन इकाईका अध्यक्ष बिष्णु कुमार श्रेष्ठ लगाएत लाई सम्मान गरीएको थियो ।
त्यस्तै कार्यक्रममा उपस्थित भई तथा आर्थिक भौतिक सहयोग गर्ने सहयोगदाता हरुलाई मायाको चिनो बाट सम्मान गरीएको थियो ।
कार्यक्रममा अध्यक्ष मोहन कटुवालको स्वागत मनतब्य , कोषध्यक्ष कमलमान श्रेष्ठको आर्थिक प्रतिवेदन , महासचिव विबेकदास श्रेष्ठको प्रतिवेदन सार्वजानिक भएको थियो ।
उद्याटन सत्रको समापन संगै शुरुभएको बन्द सत्रले आगामी भदौ महिनाभरीमा महाधिवेशन गर्ने निर्णय गर्दै कार्यक्रम सम्पन्न भएको घोषणा गरेको छ ।
महासंघमा यो महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुने छ ।

 

 

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१