प्रहरी वृत बालाजुका ईन्चार्ज गौतम मिश्रको बिदाई तथा समाजसेवी हरुलाई कदरपत्र वितरण कार्यक्रम सम्पन्न

evccfn@gmail.com' rastriyakhabar
१२ श्रावण २०७९, बिहीबार २२:३८

काठमाडौं । पछिल्लो समय प्रहरीलाई कार्यसम्पादन गर्न आम नागरिक संगको सहकार्यले सजिलो बनाउँदै लगिरहेको देख्न सकिन्छ ।
आम नागरिकले गरेको सामाजिक भुमिकाको कदर गदै आज प्रहरी वृत बालाजुले बिभिन्न क्षेत्रमा रहेर प्रहरीलाई सहयोग गर्ने समाजसेवी हरुलाई सम्मान गर्दै कदर पत्र प्रदान गरेको छ ।
प्रहरी बृत बालाजुका ईन्चार्ज गौतम मिश्र डि एस पि बाट एस पि मा बढुवा भई जानलागेको अवस्थामा बृतले मिश्रको बिदाई तथा समाजसेवी हरुलाई सम्मान कार्यक्रम आयोजना गरेको थियो ।
कार्यक्रममा सानुकान्छा तामाङ (च्याङ्बा), देबेन्द्र श्रेष्ठ , सरोज महर्जन , उषा सिंखडा लगायत दर्जनौ समाजसेवी हरुलाई कदरपपत्र दिएर सम्मान गरिएको थियो ।
कामपा १६ का नवनिर्वाचित वडाध्यक्ष मुकुन्द रिजाल तथा तार्केश्वर नगरपालिकाका जनप्रतिनिधिहरु , बालाजु प्रहरीको कार्य क्षेत्र भित्र पर्ने महिला समुह , बिभिन्न संघ संस्था तथा राजनैतिक र सामाजिक ब्यक्तित्वको उपस्थिति रहेको सो कार्यक्रममा बोल्ने बक्ताहरुले प्रहरी बृत बालाजुका ईन्चार्ज गौतम मिश्र को खुलेर प्रशंसा गरेका थिए ।
सबै बक्ताहरुले सुसंस्कृत र शुरक्षित समाज निमार्ण गर्न नागरिक र प्रहरी विचको सहकार्य र एकता अनिवार्य भएको बताएका छन् ।

 

 

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१