कराँतेका दुई प्रशिक्षकद्धारा नसालु पदार्थ खुवाएर किशोरीमाथि बलात्कार गरेको खुलासा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ श्रावण २०७९, बिहीबार ०५:५५

काठमाडौं । सामुहिक बलात्कारको आरोपमा पक्राउ परेका कराँतेका दुई प्रशिक्षकले किशोरीलाई नसालु पदार्थ खुवाएर बलात्कार गरेको खुलाशा भएको छ ।

स्टाफ नर्स पढ्दै गरेकी १९ वर्षीया किशोरी बलात्कारको अभियोगमा प्रशिक्षकहरु सुरज स्वेदी र विनोद राउतलाई प्रहरीले पक्राउ गरेको हो ।

सुवेदीमाथि पछिल्लो पटक गत असार २८ गते किशोरीको डेरामै पुगेर जबरजस्ती गरेको आरोप छ । दुई प्रशिक्षकले नसालु पदार्थ खुवाएर बलात्कार गरेको र भिडियो बनाएर किशोरीमाथि ब्ल्याकमेलिङ गर्दै पटक–पटक बलात्कार गर्दै आएको समेत खुलेको छ ।
राउत राष्ट्रिय खेलकुद परिषद मोरङका प्रशिक्षक हुन् भने सुवेदी संखुवासभाका प्रशिक्षक हुन् ।

पीडित किशोरीले आफुलाई होटलमा लगेर सामुहिक बलात्कार गरेको उनीहरुमाथि आरोप लगाउँदै किटानी जाहेरी दिएपछि उनीहरु पक्राउ परेका थिए ।

प्रहरीको अनुुसार किशोरीलाई सुवेदीले परीक्षामा पनि सहयोग गर्दै आएका थिए । सहयोगको बहानामा सुवेदी किशोरीको कोठामा जाने गरेका थिए । सोही क्रममा उनीहरुले सँगै बसेर मादक पदार्थ सेवन गर्ने गरेको खुलासा भएको छ ।

बाहिर हल्ला गरे भिडियो सार्वजनिक गर्ने भन्दै राउत र सुवेदीले किशोरीमाथि पटक–पटक होटलमा लगेर जबरजस्ती गरेको जाहेरीमा उल्लेख भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया