न्याय परिषदद्धारा २७ न्यायाधीशका लागि आवेदन खुल्ला

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ श्रावण २०७९, बिहीबार ०५:५१

काठमाडौं । न्याय परिषदले २७ जना न्यायाधीशको लागि आवेदन खुल्ला गरेको छ । परिषदले २७ जना उच्च अदालतका न्यायाधीशका लागि १० दिनभित्र आवदेन दिन माग गरेको हो ।

न्यायाधीश हुन योग्यता पुगेका इच्छुक व्यक्तिले न्यायाधीश नियुक्तिको प्रक्रिया सम्बन्धि निर्देशिका २०७९ को अनुसुची १ बमोजिम स्वघोषणा पत्र समेत सम्लग्न गरी आवेदन दिन परिषदले आग्रह गरेको छ ।

साथै, परिषदले न्याय क्षेत्रसँग सम्बन्धित विषयमा प्रकाशित १० वटा अनुसन्धानमुलक लख तथा रचना अनिवार्य रुपमा पेश गर्नुपर्ने सुचनामा उल्लेख गरेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १५, २०८१