सेन्ट लरेन्स कलेजलाई फेरी अर्को अवार्ड, कलेज एक्सिलेन्स अवार्डद्वारा सम्मानित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ श्रावण २०७९, बिहीबार ०५:४६

काठमाडौँ। केही समयअघि फोकस नेपाल संस्थाद्वारा उत्कृष्ट कलेजको रूपमा सम्मानित तथा स्वतन्त्र मिडियाहरूले विभिन्न मापदण्ड र आधार तय गरेर गरेको अध्ययनका क्रममा उत्कृष्ट १० प्लस टु कलेजभित्र पर्न सफल चाबहिलको सेन्ट लरेन्स कलेजले अर्को अवार्ड हात पारेको छ। बुधवार राजधानीमा आयोजित एक कार्यक्रममा कलेज एक्सिलेन्स अवार्ड हात पारेसँगे कलेजले आफ्नो सम्मान तथा अवार्डहरूको सुचीमा अर्को एउटा प्रतिष्ठित सम्मान थपेको हो।

भारतीय अन्तर्राष्ट्रिय शैक्षिक संस्था हिमाक्षरा र नेपालको शिक्षालय राष्ट्रिय मासिकले संयुक्त रूपमा गरेको १४ औँ अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनमा सेन्ट लरेन्सले उक्त अवार्ड हात पारेको हो। प्रेसिडेन्ट इन्टरनेशनल एजुकेसन अवार्ड २०२२ अन्तर्गत विभिन्न विधाहरूमा छनोटमा परेका शैक्षिक संस्था तथा व्यक्तिहरूले फरक फरक विधाका अवार्ड हात पार्दा एक्सिलेन्स अवार्ड सेन्ट लरेन्सले पाएको हो।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले कलेजका अध्यक्ष केशवप्रसाद दंगाल र प्रिन्सिपल पुरुषोत्तम महर्जनलाई संयुक्त रूपमा सो अवार्ड प्रदान गरेकी हुन् । लामो शैक्षिक अनुभव र गुणस्तरीय शिक्षा प्रदान गर्न सफल भएको आधारमा सेन्ट लरेन्स कलेजलाई सो अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ।

भारतीय शैक्षिक संस्था हिमाक्षराबाट डा.एपी जे अब्दुल कलाम अवार्ड २४ व्यक्ति र शैक्षिक संस्थालाई प्रदान गरिएको थियो भने नेपालको शिक्षालयले नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवको सम्मानमा प्रेसिडेन्ट ईन्टरनेशनल एजुकेसनल अवार्डबाट २१ विधामा विभिन्न शैक्षिक व्यक्ति तथा संस्थालाई सम्मान गरेको थियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१