चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ श्रावण २०७९, बुधबार ०५:२०

काठमाण्डौं । चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त भएका छन् ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको सरकार सूचना तथा संचार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

गायन हुँदै अभिनयमा प्रवेश गरेका केसी नेकपा एमाले हुँदै नेपाली काँग्रेस प्रवेश गरेका काँग्रेसी हुन् ।

उनी पछिल्लो समय चलचित्र निमार्ण, निर्देशन र अभिनयमा सक्रिय छन् ।

सरकारले दयाराम दाहालको कार्यकाल सकिएपछि रिक्त रहेको पदलाई पुर्णता दिएसँगै अभिनेता , निर्माता तथा निर्देशक भुवन केसी आउँदो दुई वर्षको लागि बोर्ड अध्यक्ष भएका हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०