पूर्व माओवादीहरुलाई एकताबद्ध बनाउँदै प्रचण्ड, विप्लवदेखि बैद्यसम्म एकताको लागि सकारात्मक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ श्रावण २०७९, सोमबार ०५:१८

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व माओवादीहरुलाई एकताबद्ध बनाउने प्रयास थालेका छन् । पछिल्लो समय उनले माओवादीबाट अलग भई नयाँ दल खोलेका नेताहरु डा. बाबुराम भट्टराई, मोहन बैद्य, गोपाल किराँतीदेखि नेत्रविक्रम चन्दसम्मलाई भेटेका छन् । सो भेटमा उनले पूर्व माओवादीहरु एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिने गरेका छन् ।

माओवादी कमजोर हुँदा देशमा प्राप्त उपलब्धि गुम्ने खतरा बढेको दाहालको भनाई रहँदै आएको छ । आगमाी मंसिरमा हुने संघीय संसद्को निर्वाचनअघि नै प्रचण्डले छुट्टै वामपन्थी मोर्चा बनाउने गृहकार्य थालेका छन् । यो बीचमा उनले माधव नेपाल, उपेन्द्र यादव र वामदेव गौतमसँग पनि भेटवार्ता बाक्लो बनाएका छन् । एमालेबाहेकको वामपन्थीहरु एक ठाउँमा रहनेगरि गृहकार्य थालिएको माओवादी केन्द्रका नेताहरुले बताउने गरेका छन् ।

आजमात्रै वर्षमान पुनले पनि एमालेबाहेकका वामपन्थीहरुबीच समाजवादी मोर्चा बन्ने खुलासा गरेका थिए । उनले संसद्को अब हुने निर्वाचनमा १६५ निर्वाचन क्षेत्रमै समाजवादी मोर्चाले उम्मेद्धवार दिनेसमेत दाबी गरेका छन् । माओवादी केन्द्रले कांग्रेससँग चुनावमा अब केही ठाउँमा मात्रै तालमेल गर्ने रणनीति बनाएको छ ।

प्रचण्डले पूर्व माओवादीहरु एकजुट हुनुपर्ने भनेर गरेको प्रस्तावमा बाबुराम, बैद्यदेखि विप्लवसम्म सकारात्मक देखिएका छन् । बाबुरामले भने नयाँ ढंगले सहकार्य अघि बढाउनुपर्ने भन्दै पार्टीको नाम नै फेर्न सुझाव दिएका छन् । प्रचण्ड भने पार्टीको नाममा कतै न कतै कम्युनिष्ट राखेर जानुपर्ने अडानमा छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१