अर्थविद्हरुसँग राष्ट्रपति भण्डारीको चार घण्टा छलफल, मुलुकको आर्थिक अवस्थाको बारेमा चिन्ता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ श्रावण २०७९, सोमबार ०५:१६

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थविद्हरुसँग छलफल गरेकी छिन् । राष्ट्रपति भण्डारीले पूर्व गभर्नरहरु डा. चिरञ्जिवी नेपाल, दीपेन्द्रबहादुर क्षेत्री, डा. विश्वम्भर प्याकुरेलसँग आज चार घण्टा लामो छलफल गरेकी हुन् । मुलुकको आर्थिक अवस्था खस्किएको समाचार आईरहेको बेलामा राष्ट्रपति भण्डारीले अर्थविद्हरुसँग आज छलफल गरेकी हुन् ।

सो छलफलको क्रममा उनले मुलुकको अर्थतन्त्र बलियो बनाउने विषयमा सबै लाग्नुपर्ने धारणा राखेकी थिईन् । त्यस्तै, उनले नेपाल कृषिप्रधान देश भएकोले कृषिमा देशलाई आत्मनिर्भर बनाउने विषयमा पनि छलफल गरेकी थिईन् ।

उनले किसान ठूलो मारमा रहेको भन्दै उनीहरुको समस्या समाधानको लागि पहल गर्नुपर्नेमा जोड दिएकी थिईन् । नेपाल राष्ट्र बैंकले हालै मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्रपति भण्डारीले सो क्रममा अर्थविद्हरुसँग मुलुकको पछिल्लो आर्थिक अवस्थाको बारेमा ब्रिफिङ लिएको छलफलमा सहभागी एक अर्थविद्ले जानकारी दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१