प्रधानमन्त्री देउवा नेपाल उद्योग परिसंघको १९औं वार्षिक साधारण सभामा, विलासी वस्तु आयात नगर्न आग्रह

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ श्रावण २०७९, सोमबार ०५:१३

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेपाल उद्योग परिसंघ (सिआईएन) को १९औं वार्षिक साधारण सभामा सहभागी भएका छन् । परिसंघले आज (आइतबार) काठमाडौंको सोल्टी होटलमा आयोजना गरेको उक्त साधारणसभामा सहभागी हुँदै प्रधानमन्त्री देउवाले विदेशमा उत्पादित महंगा र विलासी वस्तुहरू आयात नगर्न उद्योगी तथा व्यवसायीहरुलाई आग्रह गरेका छन् ।

 

सो क्रममा उनले स्वदेशमा उत्पादित वस्तु तथा सामग्रीहरूको उत्पादन वृद्धि र बजारीकरणमा जोड दिएका थिए । उनले नेपालको अर्थतन्त्रमा आन्तरिक तथा वाह्य चाप परेको भन्दै यसलाई निकास दिन विदेशमा उत्पादित महंगा र विलासी वस्तुहरू स्वदेशमा आयात गर्न छोड्नुपर्ने धारणा राखेका थिए । कार्यक्रममा उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडु, परिसंघका संस्थापक डा. विनोद चौधरी, अध्यक्ष विष्णुकुमार अग्रवाललगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१