बत्ति मुनिको अध्यारो जस्तै सिन्धुपाल्चोकको एउटा गाउँ मुले सिन्धुपाल्चोक बाट सन्जिब स्याङ्बोको रिपोर्ट

evccfn@gmail.com' rastriyakhabar
८ श्रावण २०७९, आईतवार ११:५२

सिन्धुपाल्चोक जिल्लामा अझै पनि निकै दुर्गम क्षेत्रमा अवस्थित ठाउँहरु रहेको पाइन्छ । त्यस मध्य इन्द्रावती गाउँपालिका वडा नम्बर ४ नवलपुर मुले एक हो । यस ठाउँमा विभिन्न जातिको मानिसहरु तामाङ, लामा, मगर, क्षेत्री, बाहुन, दलित लगायत जातिको मानिसहरु बसोबास गर्दै आएका छन् । यस ठाउँमा करिब १५००—२००० को हाराहारीमा जनसंख्या रहे पनि मतदाता नामावली समावेश भएको नाम भने जम्मा ५०० को हाराहारी मा मात्र छ ।
यो गाउँका मानिसहरु मुख्यतय कृषिमा निर्भर छन् । यस ठाउँमा करिब ९० प्रतिशत मानिसहरु खेतीपाती गर्ने , ५ प्रतिशत सरकारी जागीर र,५ प्रतिशात व्यावसाय गरेर आफ्नो जिविकोपार्जन गर्ने मानिसहरुको बसोबास रहेको छ । यस ठाउँमा लामो समय देखिनै कृषिमा विभिन्न नगदे बाली लगाउदै आएको स्थानीयहरु बताउछन् । यहाँका किसानहरुले धान,मकै,कोदो,गहु,फापर,तोरि आदि नगदे बाली लगाउदै आएका छन् ।
कृषिको लागि खेतीयोग्य जमिन पर्याप्त भएको ले यहाँको मानिसहरु खेतीपाती गर्दै आएको देखिन्छ । ९० मानिसले खेती गरेपनी आधुनिक कृषि प्रणालिको बिकास गर्न नसक्दा राम्रो आम्दानी नभएको देखिन्छ ।
गाउँलेहरु प्राय सबै खाद्यबस्तु केनेरै प्रयोग गर्ने बताउछ्न । अहिले पछिल्लो समयमा जंगली जनावरको कारण खेतबारी को बाली सबै नस्ट गर्ने र भनेको जस्तो बाली भित्राउन नपाउँदा किसानहरु दुखित छन । यहाँका किसानहरुले खेती सङसङै पशुपन्छी हरु पनि पलान गर्दै आएका छन् ।
जनसंख्या थोरै भएपनी यो गाउँ ठूलो रहेको स्थानीय बताउँछन् । लगभग ६० प्रतिशत जमिन जङ्गल ले ढाकेको रहेको छ ।
बुद्ध सामुदायिक बन उपभोक्त समिति, झोम्पाखा सामुदायिक बन उपभोक्त समिति लगायत यहाँ को वन रक्षाको को लागि स्थानियको सकृयता राम्रो रहेको छ । यो ठाउँ नेपाल को कर्णाली जस्तै छ । नत भने जस्तो मोटर बाटो छ नत खानेपानीको सुविधा छ नत गुणस्तरीय शिक्षानै । यस ठाउँमा विभिन्न क्षेत्रबाट बिधान हसिल गरेर आएको लामाहरु भए पनि एउटा गुम्बा पनि बनाउन सकेको छैन । गुणस्तरीय शिक्षा नभएको कारण आज सबै युवाहरु बिदेशीनु परेको छ । गाउँको ६०प्रतिशत युवाहरू बिदेश मै रहेको स्थानीयहरु बताउँछन् ।
यसठाउँको बालाकहरु सानै उमेरमा आफ्नो धर्म अनुसार लामा विधि अध्यापन गर्न भारत लगायत को रास्ट्र मा गएको पाइन्छ । यस ठाउँमा आधारभूत शिक्षा भने गाउँकै श्री भिम्सेन आधारभूत विद्यालय मा अध्यन गर्ने गरिन्छ भने मा.वि.शिक्षा अध्यन गर्न ४०–५० मिनेट हिडेर बजार क्षेत्रमा जानू पर्छ । यस ठाउँको मुख्य धार्मिक र पर्यटनकिय स्थानहरु दारिगौड देवि मन्दिर,दारिगौड डाडा,देवि थान मन्दिर,पुरानो कुवा, आदि ठाउँहरुमा बाह्य तथा आन्तरिक पर्यटनहरु आउने स्थानीयहरु बताउँछन् ।
स्वर्गको एक टुक्रा जस्तै देखिने यो ठाउँ बत्ति मुनिको अध्यारो बनि रहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१