प्रचण्डले गरे चुनावपछि प्रधानमन्त्री बन्ने दाबी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ श्रावण २०७९, आईतवार ०५:३०

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आलोपालो प्रधानमन्त्रीको सहमतिको विषय उठाएको एक हप्तामै चुनावपछि माओवादीले सरकारको नेतृत्व लिने खुलासा गरेका छन् । उनले आज पेरिसडाँडामा आयोजित कार्यक्रममा यस्तो खुलासा गरेका हुन् ।

प्रचण्डले चुनावपछि माओवादीलाई देशको बागडोर सम्हाल्नबाट कसैले रोक्न नसक्ने दाबी समेत गरे । उनले भने, ‘माओवादीलाई देशको बागडोर सम्हाल्नबाट कसैले रोक्न सक्नेछैन ।’ उनले माओवादी फेरि बलियो भइसकेको बताए ।

भाषणमा कडा रुपमा प्रस्तुत भएका प्रचण्डले चुनावपछि माओवादीले देशको बागडोर सम्हाल्ने दाबी गर्नुलाई अर्थपूर्ण मानिएको छ । उनले आलोपालो सरकारको नेतृत्वको भद्र सहमतिको विषय उठाइरहेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनावअघि र प्रचण्डले चुनावपछि सरकारको नेतृत्व लिने गरी दुईबीच सहमति बनेको आशयका सन्देशहरु प्रवाह भइरहेका छन् । यसमा प्रचण्ड स्वयं लागिरहेका छन् । प्रचण्डले चुनावपछि आफू प्रधानमन्त्री बन्ने सन्देश प्रवाह गरेर चुनावी माहोल माओवादीको पक्षमा पार्ने रणनीति पनि चालिरहेका छन् ।

प्रचण्ड पछिल्लो समय समाजवादी केन्द्र बनाउने रणनीतिमा पनि छन् । तर, उनी कम्युनिस्ट सिद्धान्त चटक्कै छाड्ने पक्षमा छैनन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१