देउवासँग माधव नेपालको खटपट सुरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ श्रावण २०७९, आईतवार ०५:१८

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच खटपट चलेको छ । स्थानीय चुनावमा तालमेलमा पनि देउवाले पेल्न काम गरेको निष्कर्ष निकाल्दै नेपालले असन्तुष्टि पोख्दै आएका छन् ।

देउवाले आफूले प्रधानमन्त्री बनाउन जोखिम मोलेको विषय बिर्सदै गएको भन्दै नेपालले निकटस्थसँग असन्तुष्टि पोख्ने गरेको बुझिएको । आज सार्वजनिक रुपमा पनि उनले काँग्रेसले दम्भ देखाउन खोजेको आरोप लगाए । उनको संकेत देउवातर्फ थियो ।

पछिल्लो समय चुनावी तालमेलको सिट बाँडफाँटको कुरा चल्दा नेकपा एसले मागेको सिट नपाउने अवस्था विकास भएपछि माधव नेपाल असन्तुष्ट बनेको बुझिएको छ । कम्तिमा २० सिट प्रत्यक्ष चुनाव लड्ने गरी गठबन्धनमा तालमेल गर्ने तयारीमा नेपाल रहेका छन् । उनको लक्ष्य कम्तिमा २० सिट प्रत्यक्ष जित्ने गरेको छ ।

काँग्रेसले कम सिटमा गठबन्धन गर्न खोजेपछि माधव नेपालले पनि समाजवादी केन्द्रको विषयलाई जोड दिएका छन् । प्रचण्ड, माधव नेपाल, वामदेव मिलेर समाजवादी केन्द्र निर्माणमा जोडबल गरिरहेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१