उत्तरपुस्तिका नजाँचे कालोसूचीमा, त्रिविको नतिजा तीन महिनामै आउने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३० आश्विन २०७१, बिहीबार १०:५७

download (1)काठमाडौँ ,३० असोज । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयबाट विद्यार्थीका उत्तरपुस्तिका लगेर डेढ महिनासम्म पनि फिर्ता नगर्ने प्राध्यापक कालोसूचीमा पर्ने भएका छन् ।
त्रिवि कार्याकारी परिषदले २० दिनभित्र उत्तरपुस्तिका ३५ रुपैयाँ दिने र ढिलाई गर्नेलाई पारिश्रमिक घटाउँदै कारबाहीसम्म गर्ने निर्णय गरेको नयाँ पत्रिकामा खबर छ । त्रिविले परीक्षा नियन्त्रण कार्यालयका सहनियन्त्रक शंकर भण्डारीका अनुसार शिक्षकको उत्तरपुस्तिका परीक्षणको पारिश्रमिक वृद्धि गरेसँगै समयमै नतिजा सार्वजनिक गर्न कडाइ पनि थालेको हो । प्रतिउत्तरपुस्तिका १० रुपैयाँका दरले त्रिविले पारिश्रमिक बढाएको हो ।

अहिलेसम्म प्रतिउत्तरपुस्तिका १० रुपैयाँका दरले त्रिविले पारिश्रमिक बढाएको हो ।
अहिलेसम्म प्रतिउत्तरपुस्तिका परीक्षणबापत २५ रुपैयाँ दिने गरेकामा अबदेखि ३५ रुपैयाँ दिने निर्णय भएको छ । सहनियन्त्रक भण्डारीले २० दिनभन्दा बढी लगाउने शिक्षकको भने पारीश्रमिक घटाएको र ढिला गरेर नतिजा निकाल्न प्रभावित गर्ने शिक्षकलाई कालोसूचीमा राख्ने बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१