मेरोमाइक्रोफाइनान्स लघुबित्त ‘कर्पोरेट बिजिनेस एक्सिलेन्सी अवार्ड– २०२२’ बाट सम्मानित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ श्रावण २०७९, बिहीबार ०५:५६

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेड “कर्पोरेट बिजिनेस एक्सिलेन्सी अवार्ड– २०२२’ बाट सम्मानित भएको छ । काठमाण्डौमा आयोजित एक कार्यक्रमबीच उपराष्ट्रपति नन्दबहादुर पुनले मेरो माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामहरी दाहाललाई उक्त अवार्ड प्रदान गरेका हुन्।

संस्थाले कर्पोरेट सेक्टरबाट मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडले ग्राहकलाई प्रदान गर्दै आएको सेवा, बैंकिङ क्षेत्रमा नयाँ–नयाँ प्रविधिको प्रयोग तथा संस्थाको उच्चस्तरीय कार्यसम्पादनका लागि यो अवार्ड प्रदान गरिएको हो ।

कर्पोरेट म्यागाजिन कर्पोरेट क्षेत्रको गहकिलो विश्लेषण, सुझाव र समालोचनाका लागि प्रख्यात छ । कर्पोरेट समूहमा विभिन्न क्षेत्रका ख्यातिप्राप्त तथा अनुभवी व्यक्ति संलग्न रहेको संस्थाले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१