कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा चित्रलेखा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ श्रावण २०७९, बिहीबार ०५:२६

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख सचेतक पदमा सांसद चित्रलेखा यादवलाई नियुक्त गरेका छन् । उनी पूर्वउपसभामुखसमेत छन्।

यसैगरी सचेतकमा पूर्वमन्त्री मीनबहादुर विश्वकर्मालाई नियुक्त गर्नुभएको नवनियुक्त प्रमुख सचेतक यादवले राससलाई जानकारी दिए । कांग्रेस संसदीय दलको प्रमुख सचेतक एक वर्षदेखि रिक्त थियो । यसअघि प्रमुख सचेतक रहेका बालकृष्ण खाण गृहमन्त्री भएपछि सो पद रिक्त भएको हो ।

यसैगरी यसअघि सचेतक रहेकी पुष्पा भुसाल उपसभामुख निर्वाचित भएपछि गत साता सो पद पनि रिक्त भएको थियो । दुवै पदमा आज कांग्रेस सभापतिसमेत रहेका संसदीय दलका नेता देउवाले सो नियुक्ति गरेको हो । संसद्मा पार्टीको धारणा राख्न, कार्य व्यवस्था परामर्श समितिको बैठकमा भाग लिनेलगायत महत्वपूर्ण संसदीय गतिविधिमा प्रमुख सचेतक र सचेतकको भूमिका रहने व्यवस्था छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १५, २०८१