हिउँपहिरोमा ज्यान गुमाएका पर्यटकको खोजी गर्न हेलिकप्टर परिचालन, शव झिक्न अझै कठिनाई

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३० आश्विन २०७१, बिहीबार १०:४४

480X320_188fd953c2a6d1e358ab7b2fec072151काठमाडौँ ,३० असोज ।  अविरल बर्षासँगै हिमाली क्षेत्रमा परेको हिउँमा पुरिएर दुई जिल्ला (मुस्ताङ र मनाङ)मा हिउँपहिरोमा ज्यान गुमाएका र अलपत्रमा परेका पर्यटकको खोजी गर्न विहानैबाट हेलिकप्टर परिचालन गरिएको छ। मनाङमा अलपत्र परेका पर्यटकको उद्धारमा श्री एयर र डायनिष्टको हेलिकप्टर परिचालन भईसकेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए।

मस्ताङमा पनि ज्यान गुमाउने शव खोजी गर्ने काम थालिएको छ। हिउँ अझै घटेको छैन। हिमपातमा परेर अहिले सम्म दुई जिल्लामा २४ जनाले ज्यान गुमाईसकेका छन। दर्जनौ सम्पर्क विहीन भएका छन। कति पर्यटक अन्नपूर्ण पदयात्रामा निस्केका थिए भन्‍ने बारेमा अझै केही खुल्न सकेको छैन । सिम्रिक एयरले बुधवारबाटै उद्धार जारी राखेको छ।

मनाङबाट थोराङ ला पास हुदै मुस्ताङ प्रवेश गरेका १६ र मनाङको काम्लाङ र फु गाविसको बिच र नारमा ३ जना गरी २४ जना यात्रीले ज्यान गुमाईसकेका छन। बाक्लो हिउँले सुरक्षाकर्मीले उनीहरुको शव पुरिएकाले ४ वटा भन्दा अरु शब निकाल्न सकेको छैन मनाङ दुवै घटनास्थलमा नेपाली सेना र प्रहरीको टोली खोजी र उद्धारमा परिचालन भईरहेको छ। नारमा उद्धारका लागि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोली लेक लागेर अगाडी बढ्न नसकेर फर्केको छ। 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१