मनास्लु वर्ल्ड कलेजले गर्‍यो टपर विद्यार्थीलाई सम्मान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ श्रावण २०७९, बिहीबार ०५:१७

काठमाडौं । मनास्लु वर्ल्ड कलेजले शैक्षिक सत्र २०७८ को वार्षिक परिक्षामा सर्वोत्कृष्ट अकं ल्याई उत्तिर्ण भएका कक्षा ११ का विभिन्न संकायका विद्यार्थीहरुलाई सम्मान गरेको छ । बुधबार विशेष कार्यक्रमको आयोजना गरि कलेजले उत्कृष्ट अकं ल्याई उत्तिर्ण भएका विद्यार्थीलाई सम्मान गरेको हो ।

कक्षा ११ को व्यवस्थापन संकायका फारिन बानु सर्वोकृष्ट अकं ल्याएर कलेज टपर हुन सफल भएकी छन् । त्यसैगरी यसै संकायका आकृति खापुङ लिम्बु द्वितीय र विज्ञान संकायका निकेश कपाली तृतिय भएका छन् ।
उत्कृष्ट अकं ल्याएर कलेज टप गरेका विद्यार्थीहरुलाई यसै कलेजका अध्यक्ष गेन्द्र लामा तथा प्रिन्सिपल राजन श्रेष्ठले अवार्ड तथा ट्रफी वितरण गरेका छन् ।

कलेज टप गरेकी फारिन बानुले नगद पुरस्कार र शतप्रतिशत छात्रवृत्ति गरी १ लाख बराबरको पुरस्कार प्राप्त गरेकी छन् भने अन्य टपरर्स विद्यार्थीहरुलाई पनि कलेजले छात्रवृत्ति प्रदान गरेको छ । मनास्लु वर्ल्ड कलेजले आफ्नो स्थापनाको तेस्रो वर्षमै काठमाडौंमा एउटा छुट्टै पहिचान बनाउन सफल भएको छ ।

May be an image of 4 people, people standing and indoorMay be an image of 9 people, people standing and indoor

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१