जनसमाजवादी पार्टी नेपालको दोस्रो राष्ट्रिय सम्मेलन शुरु :अध्यक्ष सुवासराज काफ्लेले ल्याएको स्टार मोडल को निती पारित हुन सक्ने

evccfn@gmail.com' rastriyakhabar
४ श्रावण २०७९, बुधबार २१:४९

काठमाडौं । सुवासराज काफ्लेले नेतृत्व गरिरहेको जनसमाजवादी पार्टी नेपालको दोस्रो राष्ट्रिय सम्मेलन आज प्रदर्शनी मार्गमा रहेको राष्ट्रिय शभा गृहमा उद्याटन कार्यक्रम गर्दै शुरु भएको छ ।
कम्युनिष्ट बिचारधारालाई अहिलेको समय सापेक्षितरुपमा बिकास र प्रयोग गर्न सके छोटो समयमानै नेपाललाई विश्वको उत्कृष्ट राज्यको रुपमा स्थापित गराउन सकिने लक्ष्य सहित गठन भएको यो पार्टीको बिकास मोडलको रुपमा रहेको स्टार मोडल यो राष्ट्रिय सम्मेलन बाट अनुमोदन गराएर कार्यन्वयनमा लैजाने गरि तयारि भई रहेको सम्मेलनमा सहभागि एक नेताले जानकारी गराएका छन् ।
कार्यक्रममा नेकपा एकता अभियानका संयोजक बामदेव गौतम , नेकपा मालेका महासचिव सि पि मैनाली , वैद्य समुहका प्रभावशाली नेता सिपि गजुरेल ,नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा युवा नेता नैन सिंह महरा ,मधेशका बामपन्थि नेता बब्लु सिंह , साहित्यकार प्रेम कैदी लगायत अन्य राजनैतिक दलका नेताहरुको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रममा आफ्नो शुभकामना मनतव्य राख्ने सबै वक्ताहरुले राज्यको हरेक अंगमा तथा राजनैतिक नेतृत्वमा समेत पुस्ता हस्तान्तरणको समयआएको कुरालाई स्विकार गर्दै क्षमतावान र कुशल तथा नैतिकवान नेतृत्व आजको आवस्यकता रहेको जनाएका छन् ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका युवा नेता नैन सिंह महरले काँग्रेस ले अबलम्बन गरेको नितिले उत्पादन र फाईदाको मात्र कुरा गर्ने कम्युनिष्ट हरुको नितिले बितरणको मात्र कुरा गर्ने हो भने यो देशको बिकास हुन नसक्ने भन्दै बामपन्थिहरुले पुजिँवादको समय सापेक्षित प्रयोग गर्ने निति ल्याए देशलाई संमृद्धितिर डोहोर्याउन खासै अप्ठ्यारो अवस्था नरहेको बताएका थिए ।
मालेका महासचिब सिपि मैनालीले भने बामपन्थि बिचार भएका पार्टीहरुमा मालेमा वादलाई प्रयोग गर्ने सवालमा डंगुर मतभेद भएपनि राष्ट्र र राष्ट्रिय स्वाधिनताको सवालमा एकढिक्काहुनु पर्नेमा जोड दिएका थिए ।
राष्ट्रिय सम्मेलन भोलि सम्म चल्ने छ । उद्याटन सत्र राष्ट्रिय शभा गृहमा सम्पन्न गरेको यो सम्मेलनको बन्द सत्र कलंकिको एउटा पाटी प्यालेसमा हुने आयोजक पक्षले जानकारी गराएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१