ठमेल पर्यटन विकास परिषद् अध्यक्षमा भविश्वर शर्मा विजयी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ श्रावण २०७९, सोमबार ०६:३०

काठमाडौँ। ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा भविश्वर शर्मा विजयी भएका छन् । शनिबार भएको निर्वाचनमा ७७२ मत प्राप्त गरी शर्मा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी ध्रुव अधिकारीले ५६८ मत ल्याए।

निर्वाचनमा अधिकारीको पाँच जना सदस्य निर्वाचित भएका छन् । शर्माको अन्य सदस्यमा प्यानलै विजयी भएका हुन् ।

उपाध्यक्षमा गीता गुरुङ, सहदेव धमला र प्रश्रय राजभण्डारी विजयी भएका छन् । महासचिवमा राजिव पाण्डे विजयी र सचिवमा रामचन्द्र गिरी विजयी भएका हुन् ।

कोषाध्यक्षमा पुण्य राज लागेजु विजयी भएका हुन् । त्यसैगरी, सदस्यमा प्रकाश थपलिया, श्रीकृष्ण थपलिया, रोशन अधिकारी, कोपिला सिंखडा, चेतनाथ पुडासैनी, पूर्णिमा मालाकार, तेन्जीङ लामा र लालबाबु चौधरी विजयी भएका हुन् ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१