भारत भ्रमणमा मोदीले प्रचण्डलाई किन भेटेनन्

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ श्रावण २०७९, सोमबार ०६:१९

काठमाडौं । भारत भ्रमणमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महत्वपूर्ण भेटवार्ताहरु गरे । भारतीय जनता पार्टीको निम्तोमा दिल्ली पुगेका प्रचण्डले उक्त दलका अध्यक्ष जेपी नड्डासँग फर्कने दिन भेटवार्ता गरे ।

यसअघि उनले भारतका विदेशमन्त्री एस जयशंकरसँग भेटिसकेका छन् । तर, उनले चाहेको एउटा भेट हुन सकेन । त्यो भेट हो भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेट । औपचारिक रुपमा भेट तय नभएपनि १ साउनको विहान ब्रेकफाष्टसहितको भेट हुने चर्चा थियो । तर, मोदीसँग उनको भेट भएन । यसकारे निकै चासो र चर्चा भइरहेको छ ।

मोदी श्रावणभर धार्मिक गतिविधिमा बढी व्यस्त हुन्छन् । उनी एक छाकमात्र भोजन गर्छन् । अति महत्वपूर्णबाहेकका भेटहरु श्रावण महिनाभर गर्दैनन् किनकि मोदीका लागि श्रावण श्रवण अर्थात् सुन्ने महिना हो ।

प्रचण्डले भारत भ्रमणका बेला सन् १९५० को सन्धी पुनरावलोकनको कुरा उठाए । यस विषयलाई भारतले गम्भीर मान्ने गरेको छ । सन्धी पुनरावलोकनका लागि प्रबुद्ध व्यक्ति समूहको प्रतिवेदन पनि भारतले बुझ्न मानेको छैन । यस्तो विषय प्रचण्डले भ्रमणका बखत भारतमा पुगी बोले । यसलाई भारतले गम्भीर रुपमा लिएको बुझिएको छ ।

भारत भ्रमणमा जाँदै गर्दा प्रचण्डले आफू चीन पनि जाने भनेर बोले । भारत भ्रमणमा गइरहँदा उनमा लघुताभास भएको अभिव्यक्तिबाट देखिएको चर्चा चल्यो । अर्कोतर्फ, माओवादी नेताहरुबाट कालापानीलगायतको विषय प्रचण्डले उठाउने अभिव्यक्ति नेपालभित्रबाट आयो ।

प्रचण्ड र उनका दलका जिम्मेवार नेताहरुबाट आएको अभिव्यक्तिले पनि भारतमा कतिपय महत्वपूर्ण भेटहरु हुन नसकेको बुझिएको छ । संवेदनशील विषयमा बोल्दा प्रचण्डलाई भारत भ्रमणमा खल्ला हुने अवस्था बन्यो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१