गठबन्धनलाई आगामी चुनावसम्म निरन्तरता दिइने कांग्रेस सभापति देउवाको भनाइ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ श्रावण २०७९, आईतवार ०५:१२

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई पहिलो पार्टी बनाउने आफ्नो पहिलो उद्देश्य रहेको बताएका छन् ।

पार्टीको केन्द्रीय समिति बैठकमा देउवाले गठबन्धनलाई आगामी चुनावसम्म निरन्तरता दिइने समेत बताए ।

उनले कसैलाई अलपत्र पार्ने होइन, सबैलाई लिएर गठबन्धन अगाडि बढ्ने टिप्प्णी गरेको कांग्रेस केन्द्रीय सदस्य रामहरी खतिवडाले जानकारी दिए ।

खतिवडाका अनुसार देउवाले प्रचण्डलाई गिरिजाप्रसाद कोइरालाले दिल्लीबाट लिएर आएको बताउँदै उनलाई छाडेर जान नसकिने बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१