ओलीलाई भाजपाबाट भारत भ्रमणको निम्तो कहिले आउला

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ श्रावण २०७९, आईतवार ०५:०६

काठमाडौं । भारतको सत्तारुढ भारतीय जनता पार्टीसँग नेपालका राजनीतिक दलहरुको पार्टी तहमा खासै प्रगाढ सम्बन्ध थिएन । नेपालका दलहरु कँग्रेस आईका अलावा सीमा जोडिएका क्षेत्रका क्षेत्रीय दलहरुसँग सम्बन्ध बनाएर बसेका थिए । तर, भाजपा सत्तामा आएपछि अवस्था परिवर्तन आयो ।

नेपालका मुख्य दलहरु भाजपासँग सम्बन्ध प्रगाढ बनाउन लागे । सम्पर्कहरु बढ्न थाले । भाजपाले पनि विदेश विभाग प्रमुखहरुलाई नेपाल पठाएर संवाद बढायो । यसले भाजपाको नेपालका दलहरुसँग पार्टी तहमा पनि सम्बन्ध सुदृढ बनाउने इच्छा देखियो ।

भाजपाले नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई जेठमा भ्रमणमा डाक्यो । देउवा दिल्लीस्थित भाजपाको मुख्यालयमा समेत पुगे ।

भाजपाले देउवापछि प्रचण्डलाई भ्रमणमा निम्तो गर्यो । प्रचण्ड भारत भ्रमणमा छन् । उनले महत्वपूर्ण भेटवार्ताहरु गरिरहेका छन् । माओवादी नेतालाई हिन्दुत्व सिद्धान्त बनाएको भाजपाले भ्रमणको निम्तो गर्नु अर्थपूर्ण छ ।

भाजपाले नेपालका अन्य दलका नेताहरुलाई पनि भ्रमणको निम्तो दिने बुझिएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र लोसपा नेता महन्थ ठाकुरले पनि निम्तो पाउने विश्वस्त स्रोतले बताएको छ । भ्रमणको निम्तो पाउनेमा जसपा नेता उपेन्द्र यादव पनि पर्न सक्छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१