पत्रकार महासंघ जिल्ला शाखा धादिङको सिफारिसमा २७ जना लाई ल्यापटप बितरण : गैरपत्रकारहरुले समेत पाए महंगो ल्यापटप

evccfn@gmail.com' rastriyakhabar
३१ असार २०७९, शुक्रबार ११:१३

बाबुराम श्रेष्ठ धादिङ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले ‘गैरपत्रकार’लाई ल्यापटप वितरण गरेको छ । पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्माको सिफारिसको आधारमा व्यावसायीक तथा सिप विकास तालिम केन्द्र गजुरीले २७ जना व्यक्तिलाई ल्यापटप बितरण गरिएको हो । उक्त ल्यापटप मुख्यमन्त्री विशेष कार्यक्रम अन्तर्गत वितरण भएको बुजिएको छ ।
अध्यक्ष शर्माले पद र सस्थाको ख्याल नै नगरी गैरपत्रकार’लाई ल्यापटप बितरण गरेपछि सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ । ल्यापटप पाउनेहरु मध्ये केही व्यावसायीक पत्रकार भएपनि अधिकांश गैरपत्रकार छन् । बुधबार सामाजिक सञ्जाल मार्फत सार्वजनिक भएको सुची अनुसार ल्यापटप पाउने सुचीमा धादिङवेशीमा होटल जिविका एण्ड हुक्काबार सञ्चालक ठाकुर बुर्लाकोटीको नाम पनि रहेको छ । उनले पनि डेल कम्पनिको ल्यापटप पाएका छन् । उनलाई पाविल साप्ताहिकको संवाददाताको रुपमा सुचीमा नाम राखिएको छ । बुर्लाकोटीले अहिले सम्म कुनै समाचार लेखेको छैन । उनले आज विहान धादिङवेशी गएर ल्यापटप लिएको स्विकार गरेका छन् ।
त्यस्तै गैरसरकारी महासंघ धादिङको अध्यक्ष समेत भइसकेका दामोदर अर्यालले ५० हजार मुल्य पर्ने ल्यापटप लिएका छन् । उनी धादिङ आवाज नामक साप्ताहिकको सम्पादक रहेको सुचीमा उल्लेख छ ।
एकीकृत समाजवादी निकट पत्रकार संगठन समाजवादी प्रेस संगठनको सम्पादक भन्दै सुनिता सिंखडाले पनि ल्यापटप लिएकी छिन् । एउटा संगठनको सम्पादक भन्ने पद सुन्दा अचम्म लाग्ने कुरा हो ।
उनी काठमाडौंमा कार्यालय रहेको एक अनलाइनको अध्यक्ष हुन् । त्यतिमात्रै होइन उनलाई एकीकृत समाजवादीको सिफारिसमा युवा परिषद धादिङको उपाध्यक्ष नियुक्त गरिएको छ ।

ल्यापटप पाउने सुचीमा ३ जना मिडिया हाउसका अध्यक्षहरुको नाम रहेको छ । मिडियाका मालिकहरुको संस्था नेपालमा दुई थरी छ । एउटा एबीसी टेलिभिजनका अध्यक्ष शुभशंकर कँडेल नेतृत्वको मिडिया सोसाइटी नेपाल र अर्को एभिन्युज टेलिभिजनका मालिक भाष्करराज राजकर्णिकार अध्यक्ष रहेको मिडिया एलाइन्स नेपाल । तर, मिडिया कम्पनिका ३ अध्यक्षले पत्रकार हुँ भन्दै ल्यापटप बुझेकोमा समेत आलोचना भएको छ ।

ल्यापटप पाउने सुचीमा विभिन्न दल निकट पत्रकार संगठनका अध्यक्षहरुको नाम रहेको छ । यस विषयमा प्रतिक्रिया लिन व्यावसायीक तथा सिप विकास केन्द्र धादिङका अध्यक्ष पुरुषोत्तम पाण्डेलाई फोन गर्दा उनले फोन उठाएनन् ।

पत्रकार महासंघका अध्यक्षले ल्यापटप व्यक्तिले नभई संस्थाले प्रयोग गर्ने बताए ।

पत्रकार महासंघको अध्यक्ष भएको छोटो समय यति गैरजिम्मेवारी काम गर्दा उनि निकट केहि ब्यक्तिले समेत उनको बिरोध जनाएको छ ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१