जनक शिक्षा सामाग्रीका प्रवन्ध निर्देशक अनिल झाविरुद्ध अख्तियारमा भ्रष्टाचारको उजुरी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ असार २०७९, शुक्रबार ०५:३०

काठमाडौं । जनक शिक्षा सामाग्रीका प्रवन्ध निर्देशक अनिल झामाथि अख्तियार दुरुपयोग अनुशन्धान आयोगमा भ्रष्टाचारको उजुरी परेको छ । झाले पदीय दुरुपयोग गरेर भ्रष्टाचार गरेको भन्दै उनीमाथि छानबिनको माग गर्दै विद्यार्थीहरुले अख्तियारमा उजुरी हालेका हुन् ।

यसअघि नेत्रविक्रम चन्द ‘विप्लव’ निकट अखिल क्रान्तिकारीका नेता तथा कार्यकर्ताहरुले झालाई कालोमोसो दलेका थिए । पुस्तक छपाइमा लापरबाही गरेको भन्दै झालाई कालोमोसो दलिएको अखिल क्रान्तिकारीको नेतृत्वले जनाएको थियो ।

झामाथि देशैभर सरकारी विद्यालयमा पाठ्यपुस्तकको चरम अभाव गराएको, राजधानीमै पाठ्यपुस्तकको चरम अभाव भएको, जनक शिक्षा केन्द्रमा चरम भ्रष्टाचार गरेको विद्यार्थीहरुको आरोप थियो ।

झालाई जनक शिक्षामा कार्यरत कर्मचारीले पनि स्वच्छ छवि नभएको व्यक्तिको संज्ञा दिन थालेका छन् । उनले पछिल्लो समय एकलौटी गर्न थालेकोपनि ती कर्मचारीहरुको आरोप छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१