बौद्धिक अपाङ्गता भएका व्यक्तिहरु र उनीहरुका अभिभावकहरुलाई सीप मूलक तालिम

evccfn@gmail.com' rastriyakhabar
३० असार २०७९, बिहीबार १७:०१

काठमाडौं । निर्मल बाल विकास विद्यालय बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुको पुनर्स्थपना गर्ने उदेश्यले काठमाडौमा स्थापना गरिएको सरकारी विद्यालय हो । यस विद्यालयले वि.स.२०३८ सालमा काठमाडौको पुरानो बनेश्वर स्थीत भिमसेनगोलामा रहेर बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुलाई व्यवहारिक ज्ञान, सीप द्धारा उनीहरुको क्षमता र रुची अनुसार शिक्षा प्रदान गर्दै आएको छ ।

यस विद्यालयले बौद्धिक अपाङ्गता भएका व्यक्तिहरु र उनीहरुका अभिभावकहरुको आर्थिक विकासका लागि विभिन्न सयमा स्वरोजगार हुन सकिने सीप मूलक तालिमहरु पनि प्रदान गर्दै आएको छ । यस विद्यालयले यस्ता विभिन्न सीपमूलक तालिमहरु सञ्चालन गर्ने क्रममा यही असार २२ गते देखि २६ गते सम्म ५ दिन बौद्धिक अपाङ्गता भएका बालबालिकाहरु र उनीहरुका अभिभावकहरुलाई कागज तथा सालको पातको दुना, टपरी, प्लेट बनाउने तालिम प्रदान गरेको छ ।

राष्ट्रपति शैक्षिक सुधार कोषले आर्थिक रुपमा सहयोग गरेको तालिम बौद्धिक अपाङ्गता भएका व्यक्तिहरु र तिनका अभिभावकहरुलाई आत्म निर्भर गरोने उदेश्यले सञ्चालन गरिएको तालिमको प्रमाण पत्र तालिम समापन समारोहका प्रमुख अतिथि एवं काठमाडौं महानगरपालिका वडा नं ३१ क वडा अध्यक्ष सरोज ढकालले प्रदान गर्नु भएको थियो ।

यस कार्यक्रममा काठमाडौं बालाजु निवासी १७ वर्षिया बौद्धिक अपाङ्गता व्यक्ति दिक्षान्त पोखरेलकी आमा धनाकुमारी ढकालले यो दुना टपरी बनाउने सीप मूलक तालिम लिन पाएकोमा खुशी व्यक्त गर्दै यो तालिमले आर्थिक अवस्थामा सुधार ल्याउन सहज हुने र अभिभावकहरु मिलेर भविश्यमा यस तालिममा सिकेका सीप तथा ज्ञानलाई सही उपयोग गर्दै व्यवसाय गर्ने कुरामा जोड दिनु भयो ।

साथै उहाँले यो तालिममा सहभागी हुने अवसर प्रदान गर्नु भएकोमा निर्मल बाल विकास विद्यालय परिवार र प्रधानाध्यापक ज्योती खनाल भट्टराईलाई धन्यवाद पनि व्यक्त गर्नु भयो । तालिम पश्चात प्रमाण पत्र वितरण समारोह कार्यक्रममा अभिभावक एवं यस तालिमका संयोजक पूर्णमान श्रेष्ठले कागज तथा सालको पातको दुना, टपरी तथा प्लेटहरुको बजारमा माग रहेकोले यो तालिम निकै नै प्रभावकारी हुने र यस तालिमको सही उपयोग गर्ने बताउनु भयो ।

त्यसै गरी तालिमका प्रशिक्षक कृष्ण खड्गीले यो दुना, टपरी तथा प्लेट बनाउने मेसिन आफैले निर्माण गरेको, यो मेशिन यस विद्यालयललाई र माग गर्ने अभिभावकहरुलाई सुपथ मुल्यमा उपलब्ध गराउने भन्दै अभिभावहरुले निकै नै उत्साह पूर्वक यस तालिममा सहभागी हुनु भएको बताउनु भयो ।

साथै उहाँले यस तालिममा सिकेका सीप तथा ज्ञानहरुलाई सदुपयोग गरी व्यवसाय गर्न चाहने अभिभावकहरुलाई उत्पादन सामाग्रीको बजार व्यवस्थापनका लागि सहयोग गर्ने भन्दै यस तालिमले अपाङ्गता भएका व्यक्तिहरु तथा अभिभावकहरुलाई रोजगार तथा स्वरोजगारमा सहयोग गर्ने बताउनु भयो ।

कार्यक्रममा काठमाडौं ज्ञानेश्वर निवासी २२ बर्षिय बौद्धिक अपाङ्गता व्यक्तिकी आमा मिना कार्कीले यो तालिमले आफुलाई स्वरोजगार बनाउन सहयोग गर्ने, आर्थिक उन्नती हुने, उत्पादन सामाग्री खपत हुने हुदा ज्यादै खुशी लागेको र यहाँ सिकेको सीपलाई उपयोग गर्ने बताउदै आयोजक संस्थालाई विशेष धन्यवाद दिनु भयो भने काठमाडौं धुमबराही निवासी २६ बर्षिय बौद्धिक अपाङ्गता व्यक्ति रजनी श्रेष्ठकी आमा प्रेम कुमारी श्रेष्ठ पनि यो स्वरोजगार मुलक तालिम लिन पाउदा ज्यादै खुशी लागेको भन्दै यस तालिम मार्फत आफुले पनि समुहगत रुपमा दुना, टपरी बनाउने र स्वरोजगार भएर आर्थिक उपार्जन गर्न तर्फ लाग्ने भन्दै यो अवसर उपलब्ध गराइदिनु भएकोमा आयोजकलाई धन्यवाद व्यक्त गर्नु भयो ।

प्रमाण पत्र वितरण कार्यक्रममा नुवाकोट स्थाई ठेगाना भइ हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका निवासी १६ वर्षिय बौद्धिक अपाङ्गता भएकी व्यक्ति आयश्रेया गुरुङ्की आमा लक्ष्मी गुरुङ्ले यो तालिम ज्यादै महत्वपूर्ण र स्वरोजगार मूलक भएकोले छोरीले राज्यबाट प्राप्त गर्ने सामाजिक सुरक्षा भत्ता संकलन गरि राखेको र त्यही रकममा अन्य आवश्यक रकम थप गरेर कागज र सालको पातको दुना टपरी बनाउने मेशिन खरिद गरी स्वरोजगार बन्ने योजना रहेको बताउनु भयो ।

साथै तालिम पश्चात छोरी उत्पादन सामाग्रीहरु संकलन गरी प्याकिङका साथै उचित व्यवस्थापन गर्न सक्ने हुदा काम काम गर्न सहज हुने भन्दै तालिम प्रदान गर्नु हुने सबैलाई धन्यवाद दिनु भयो । भने तालिममा सहभागी अर्का अभभिावका सानु बस्नेत पनि यो तालिम लिन पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा यस तालिममा सिकेको सीपलाई उपयोग गर्ने बताउनु भयो ।

तालिम आयोजक संस्था निर्मल बाल विकास विद्यालयका कार्यवाहक अध्यक्ष विनेद क्षेत्रीले बौद्धिक अपाङ्गता भएका व्यक्तिहरु र उनीहरुका अभिभावकहरुलाई स्वरोजगार बनाएर आर्थिक स्तर उकास्नका लागि यो तालिम प्रदान गरिएको भन्दै यो ५ दिने सीप मूलक तालिम प्रभावकारी भएको बताउनु भयो ।

यस ५ दिने तालिम पश्चात असार २९ गते बुधबारका दिन आफ्नै कार्यलय परिसरमा आयोजना गरिएको प्रमाण पत्र वितरण कार्यक्रममा काठमाडौं महानगरपालिका शिक्षा विभागका शिक्षा अधिकारी मोतीप्रसाद भट्टराईले दुना टपरी उत्पादन गर्ने मेशिनको अवलोकन गर्दै तालिममा सहभागी अभिभावकहरुलाई अबका दिनमा यस तालिममा सिकेका सीप तथा ज्ञानको सदुपयोग गर्दै स्वरोजगारी हुन आग्रह गर्नु भयो ।

साथै उहाँले यस तालिमले बौद्धिक अपाङ्गता भएका व्यक्तिहरु र उनीहरुका अभिभावकहरुको आर्थिक उपार्जनक लागि सहज हुने, समाजमा उदारहणिय काम हुने, समाजमा अपाङ्गता भएका व्यक्तिहरु प्रति सकारात्मक परिर्वतन आउने कुरामा महत्वपूर्ण योगदान दिने बताउनु भयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१