पुष्पा भुसाललाई उपसभामुख बनाउने तयारी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० असार २०७९, बिहीबार ०५:१५

काठमाडौं । प्रतिनिधि सभाको कार्यकालभित्र उपसभामुख नै नहोला जस्तो अवस्था थियो । अन्तत उपसभामुखको निर्वाचन तालिका सार्वजनिक भएको छ । तर, अब चयन हुने उपसभामुख केही महिनाका लागि मात्र हो ।

सत्ता गठबन्धनको प्रतिनिधि सभामा बहुमत रहेकाले उपसभामुखमा गठबन्धनबाहिरबाट सम्भावना देखिदैछ । गठबन्धनबाट नेपाली काँग्रेसले उपसभामुखको दाबी गरेको छ । विश्वस्त स्रोतका अनुसार काँग्रेसले पुष्पा भुसाललाई गठबन्धनका तर्फबाट उपसभामुखमा बढाउँदैछ ।
भुसाल कानून व्यवसायी पनि हुन् । उनलाई उपसभामुख बनाउन खोज्नुलाई अर्थपूर्ण मानिएका छ ।

संवैधानिक परिषद्बाट संवैधानिक नियुक्तिका लागि प्रक्रिया पुर्याउन उपसभामुख बनाउन खोजिएको छ । संवैधानिक परिषदमा प्रधानमन्त्री पदेन अध्यक्ष हुने व्यवस्था छ । प्रधानन्यायाधीश, सभामुख, उपसभामुख, राष्ट्रिय सभाको अध्यक्ष र प्रमुख प्रतिपक्षी दलका नेता पदेन सदस्य हुन्छन् ।

उपसभामुख नियुक्ति भएमा संवैधानिक परिषद्को नियुक्तिमा ६ जनामध्ये ४ जना नेकपा एमालेबाहेकबाट हुनेछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१