देउवाभन्दा रामचन्द्र पौडेल ७ र शेखर ८ तह तल हुनेगरी वरियता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ असार २०७९, बुधबार ०६:५३

काठमाडौं । नेपाली काँग्रेसले समाजवादलाई राजनीतिक सिद्धान्त मानेको छ । तर, काँग्रेसभित्र असमानताको नयाँ रेखा थपिएको छ ।

काँग्रेसले पार्टीभित्र नयाँ वरियता प्रस्ताव गरेको छ । जसले सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई पहिलो नम्बरमा राखेको छ ।

देउवाभन्दा दोस्रो मात्र नभई पाचौं वरियतामा पनि कोही हुनेछैनन् । काँग्रेसले पूर्व केन्द्रीय सभापतिलाई दोस्रो वरियतामा राखेको छ । काँग्रेसका कुनै पनि पूर्वसभापति जिवित छैनन् । तेस्रो वरियतामा प्रधानमन्त्रीलाई राखिएकोमा देउवा स्वयं हुन् । पूर्वप्रधानमन्त्रीलाई चौंथो वरियतामा राखिएको छ । देउवाबाहेक कोही पनि पूर्वप्रधानमन्त्री काँग्रेसमा जिवित छैनन् । पाचौंमा संसदीय दलको पूर्वनेता राखिएकोमा कोही पनि जिवित छैनन् ।

वरियतामा छैंठोमा वर्तमान पदाधिकारी छन् । आठौंमा मात्र पूर्वपदाधिकारी छन् । जसमा रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा. सशांक कोइराला, विमलेन्द्र निधिलगायत हस्तीहरु पर्दछन् । नवौंमा केन्द्रीय सदस्यहरु छन् । वरियता अनुसार देउवाका मुख्य चुनौतीका रुपमा देखिएका डा. शेखर कोइराला नवौंमा पर्नेछन् । पूर्वउपप्रधानमन्त्री सुजाता कोइराला पनि नवौं वरियतामा हुनेछिन् । उनी केन्द्रीय सदस्य भएको भएपनि १५औं वरियतामा हुन्थिन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१