राजापाक्षे देश छाडेर भागे

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ असार २०७९, बुधबार ०६:४६

एजेन्सी । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे देश छाडेर भागेका छन् । उनी सैनिक विमान चढेर भागेका हुन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले राजापाक्षे भागेको खबर प्रकाशित गरेका छन् । उनका दाजु पूर्वअर्थमन्त्री बासिल राजापाक्षेसमेत भागेका छन् । राजापाक्षेका परिवार नै भागेका छन् । उनीहरु कुन देश गए भन्ने खुलेको छैन ।

श्रीलंकामा आर्थिक संकट भएपछि जनता सडकमा उत्रिएका थिए । उनीहरुले राजापाक्षेको राजीनामा माग्दै आएका थिए । उनले आज बुधबार राजीनामा दिने खबर प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई पठाएको खुलाइएको थियो ।

राजापाक्षे परिवारले दुई दशकभन्दा बढी शासन गरेको थियो । उनीहरुले परिवारवाद र नातावाद हावी गराएर शासन गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१