गोकर्णेश्वर ८ मा राष्ट्रिय कला संस्कृति प्रतिष्ठान एबम भर्सटायल डान्स स्टुडियो उद्घाटन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ असार २०७९, सोमबार ०५:५८

काठमाडौँ । राष्ट्रिय कला संस्कृति प्रतिष्ठान गोकर्णेश्वर ८ द्वारा आयोजित प्रतिष्ठान एबम भर्सटायल डान्स स्टुडियो उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । अत्तरखेल रम्बल फुटसल संगै संचालनमा आएकोउक्त प्रतिष्ठान एबम भर्सटायल डान्स स्टुडियोको आज गोकर्णेश्वर नगर उप प्रमुख सान्नानी लामाले एक कार्यक्रमका बीच रिवन काटी प्रतिष्ठान एबम भर्सटायल डान्स स्टुडियोको उद्घाटन गरेकी हुन।

 

प्रतिष्ठानकि अध्यक्ष दक्षिणा लामाको अध्यक्षता भएको उक्त कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ८ का वडा सदस्यहरु सुमन लामा ,चन्द्रलाल श्रेष्ठ, , सीता तिमल्सिना र सोविता मिजार समाजसेवी एबम लिबेर्टी एकेडमीका प्रिन्सिपल ओम प्रसाद ढकाल, समाजसेवी कुमार श्रेष्ठ, समाजसेवी राजु सुनार लगायत राष्ट्रिय कला संस्कृति प्रतिष्ठान गोकर्णेश्वर ८ का पदाधिकारीहरु सहित स्थानीयको उपस्थिति रहेको कार्यक्रम संचालन संस्थाकी सचिव मिङमा शेर्पाले गरेकी थिइन ।

राष्ट्रिय गान संगै पानसमा दिप प्रज्वलन गरि शुरु भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष पूर्ण लामाले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथी प्रकाश पारेका थिए । उनले स्थानीय प्रतिभा र क्षमता भएका व्यक्तित्वहरुका लागी उनीहरुको क्षमता विकासमा सहयोग पुर्याउने उदेश्य सहित स्टुडियो संचालनमा ल्याएको बताए । राष्ट्रिय कला संस्कृति प्रतिष्ठान एबम भर्सटायल डान्स स्टुडियोले मौलिक कला र संस्कृति संरक्षणमा जोड दिने समेत उनले बताए ।

कार्यक्रममा शुभकामना मन्तब्य राख्दै प्रमुख अतिथि नगर उप प्रमुख सान्नानी लामाले आयोजकलाइ धन्यबाद सहित “जो बढी नाच्छ, उ धेरै बाच्छ ,” भन्दै आफुले नृत्य क्षेत्रमा सक्दो सहयोग गर्ने बताएकी थिइन । नृत्यले शारीरिक र मानसिक रुपमा स्वस्थ रहन नृत्यको ठुलो भूमिका रहने समेत उनले बताइन । कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ८ मा नव निर्वाचित जन प्रतिनिधिहरुलाई सफल कार्यकालको शुभकामना सहित सम्मान गरिएको थियो । कार्यक्रममा डान्स स्टुडियोका कलाकारहरुले बिभिन्न नृत्य मार्फत मनोरन्जन प्रदान गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१