काठमाण्डौ महानगरपालिका विकास तथा सुशासन समितिको संयोजकमा सृजना

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ असार २०७९, सोमबार ०५:५५

काठमाडौं । काठमाण्डौ महानगरपालिका विकास तथा सुशासन समितिको संयोजकमा सृजना भेटवाल (खरेल ) चयन भएकी छन।

काठमाण्डौ महानगरपालिका वडा नं ९ की निर्वाचित सदस्य भेटवाल असार २४ गते भएको नगर सभा ११ औँ अधिवेशनबाट सो समितिको संयोजकमा चयन भएकी हुन्।

नेकपा एमाले काठमाण्डौ महानगर कमिटीको उपसचिव रहेकी भेटवाल २०७४ सालको स्थनीय तहको निर्वाचनमा पनि वडा नं ९ को सदस्यमा निर्वाचित भएकी थिइन् ।

लामो समयदेखी राजनीतिक र सामाजिक गतिविधिमा सक्रिय रहेकी भेटवाल संगै सो समितिको सदस्यमा न्हुच्छेदेवी महर्जन ( वडा नं २१) रेणुकमल शाही ( वडा नं १९),जितेन्द्र खड्गी (वडा नं १७ ) र अप्सरा खत्री ( वडा नं १५) चयन भएका छन।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१