राष्ट्रव्यापी सनातन धर्म सम्मेलन” काठमाण्डाैकाे पशुपतिक्षेत्रमा सुरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ असार २०७९, सोमबार ०५:३८

काठमाण्डाै । राष्ट्रिय सनातन धर्म संस्कृति महासंघकाे आयाेजनामा राजधानीमा दुईदिने “राष्ट्रव्यापी सनातन धर्म सम्मेलन” काठमाण्डाैकाे पशुपतिक्षेत्रमा सुरु भएकाे छ, सम्मेलनकाे उद्घाटन समाराेहमा बाेल्दै राप्रपा नेपालका अध्यक्ष एवं पुर्व उपप्रधानमन्त्री कमल थापाले नेपालकाे गुमेकाे हिन्दुराष्ट्रकाे पहिचान छिट्टै पुनर्स्थापित हुने विश्वास व्यक्त गर्नुभयाे, वैदेशिक शक्तिहरुकाे बलमा जवर्जस्ती धर्मनिरपेक्षता घाेषणा गरिएकाे बताउँदै नेपाललाई हिन्दुराष्ट्रकाे रुपमा पुनर्स्थापना गर्न सनातन ॐकार परिवार भित्रका हिन्दु, बाैद्ध, किराँत, शिख, जैनलगायतका सम्पुर्ण सम्प्रदाय एकजुट हुनुपर्ने बताउनु भयाे। धर्मपरिबर्तनको डढेलो लाई रोक्न सबै जाकरुक हुनुपर्नेमा थापाको जोड थियो । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले नेपालकाे वैदिक सनातन सभ्यताकाे बारेमा प्रकाश पार्नु भयाे भने कार्यक्रममा सम्मानित विशिष्ठ अतिथि १००८ स्वामी अमृतानन्द गिरीले नेपाल वैदिक सनातनीहरुको मुख्य स्थल भएको चर्चा गर्दै सबै जागरुक हुनुपर्ने बताए । बैंकटेश्वर मन्दिरका पीठाधिस पद्मधराचार्य, लाेकेश्वर आश्रमका पीठाधिस दीनदयाल महाराज, किराँत धर्मगुरु मुन्धुम विद् डा. चन्द्रकुमार शेर्मा, शिख समुदायका अगुवा ज्ञानी गुरुवक्स सिंह, सनातन धर्म संस्कृति महासंघका अध्यक्ष आचार्य सुजन अधिकारीलगायतले बाेल्नु भएकाे थियाे। कार्यक्रममा प्रतिनिधिरुपमा करिब ६० जिल्लाका धार्मिक अगुवाहरु सहभागी छन्। कार्यक्रमको बन्द सत्रमा जगमान गुरुङ ,प्रा. डा. सोम प्रसाद खतिवडा , संचारकर्मी बिनु पोखरेल, मोहन लामाले कार्यपत्र प्रस्तुत गर्नुहुने आयोजक सस्थाका अध्यक्ष सुजन अधिकारीले जानकारी दिए । कार्यक्रम भोलि सम्म जारी रहनेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१