‘पछ्यौरी’ गीत अंग्रेजी गीतबाट कपी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ असार २०७९, आईतवार ०५:३९

गायिका इन्दिरा जोशीले १२ बर्षपछि आफ्नै शब्द, संगीत र स्वरमा तयार पारेको ‘पछ्यौरी’ बोलको गीत चोरी गरेको पाइएको छ । यो गीतलाई इन्दिराले फरक सोचका साथ बनाएकी छिन् । गीतको भिडियोलाई एक साता भन्दा बढी समयमा ३ लाख ३० हजार भन्दा बढी पटक हेरिएको छ । तर, गीतले चर्चा पाइरहँदा चोरी गरेको पत्ता पनि लागेको छ ।

सन् २०१३ मा अमेरिकी गायक जेसन डेरुलोले सार्वजनिक गरेको ‘टक डर्टी’ गीतको म्यूजिकसँग यो गीतको म्यूजीक हुबहु मिलेको छ । अझ, गीतमा प्रयोग गरिएको र चर्चा पाएको म्युजिक टोन त हुबहु उतारिएको छ ।

योसँगै इन्दिराको यो सोचले उनलाई आफ्नोपन दिनबाट बन्चित गरेको छ । यो गीत सार्वजनिक भएसँगै इन्दिरा सर्वाधिक आशावादी थिइन् । तर, गीत चोरी गरेपछि उनको आशा निराशामा बदलिने निश्चित छ ।

प्रतिक्रिया