काठमाडौंमा साझाका बिजुली बस सररर…

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ असार २०७९, शुक्रबार ०५:४५

काठमाडौं । साझा यातायातले आजदेखि बिजुली बसको सेवा औपचारिक रुपमा सुभारम्भ गरेको छ। साझाको पुल्चोकस्थित कार्यालयबाट बिजुलीका बसहरुको सेवाको संस्थापक अध्यक्ष विश्ववन्धु थापाले औपचारिक रुपमा सुभारम्भ गरेका हुन् ।

साझाले पहिलो चरणमा ल्याएका ३ वटा बिजुली बसले काठमाडौंमा सेवा दिन थालेका हुन् । साझाका नियमित सेवा दिँदै आएका रुटहरुमा बिजुली बसले आजदेखि सेवा दिएका हुन् ।

बसमा महिला चालक र सहचालकको व्यवस्था गरिएको छ । चीनको विद्युतीय बसको कारखानामा निर्माण भएका यी बसले आजबाट सेवा दिन थालेको हो । पहिलो चरणमा ३ वटा बस आएको हो । अब ३७ वटा आउन बाँकी छ । चीनिया कम्पनी सीएचटीसीएचओसँग साझाले प्रतिबस डेढ करोड रुपैयाँमा खरिद गरेको हो ।

यी बसहरुमा वाइफाइ, टिभी डिस्प्ले, सीसी क्यामेरा लगायतका विशेषता पनि छन् । अपांगहरु चढ्न मिल्ने र्‍याम्पसहितको सुविधा पनि छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१