बलिउडका १० धनी हिरोइन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ असार २०७९, बिहीबार १६:१८

बलिउड विश्वकै ठूलो मध्यको एक फिल्म उद्योग हो । यसको व्यापार कैयौं देशमा फैलिएको छ र यहाँ काम गर्न धेरैको चाहाना हुन्छ त्यसैले भारत बाहिरबाट पनि बलिउडमा संघर्ष गर्नेको ठुलै जमात हुन्छ । यहाँका कलाकार निकै सुविधासम्पन्न जीवन बाँच्छन् ।

यद्यपि बलिउडमा आएका कैयौं कलाकारमध्ये केही सुपरस्टार बने भने केही फ्लप भएर अर्कै काममा लागे । अब कुरा गरौं बलिउडका सबैभन्दा धनी १० हिरोइनको बारेमा जसलाई ‘बलिउड रिचेस्ट क्वीन’ भनेर पनि चिनिन्छ ।

ऐश्वर्या राय बच्चन

बलिउड हिरोइनमध्ये सबैभन्दा धनी बच्चन परिवारकी बुहारी ऐश्वर्या राय बच्चनलाई मानिन्छ । ५ वर्ष फिल्मबाट टाढा रहेर पनि हिट रहेकी ऐश्वर्यासँग ३५ मिलियन डलरभन्दा बढीको सम्पत्ति रहेको बताइन्छ ।

अमिषा पटेल

ब्लकबस्टर फिल्म गदर एक प्रेम कहानी बाट डेब्यू गरेकी अमिषा पटेल पछिल्लो समय फिल्मबाट टाढा छिन् तर सामाजिक संजालमा आफ्ना फोटो शेयर गर्दै उनी चर्चामा रहन्छिन् । अमिषाको सम्पत्ति ३० मिलियन डलर रहेको बताइन्छ ।

अमृता राव

विवाह फिल्मकी सुपरहिट हिरोइन अमृता रावको बलिउड करिअर लामो समय चलेन । त्यसपछि उनी तेलुगु फिल्मतिर लागिन् । अमृतासँग करिब २० मिलियन डलरको सम्पत्ति रहेको अनुमान गरिएको छ ।

काजोल

काजोल यो सूचीमा चौथो स्थानमा छिन् । फिल्ममा दमदार अभिनयका कारण परिचित काजोल अजय देवगनसँग विवाहित जीवन बिताइरहेकी छिन् । काजोलसँग १६ मिलियन डलरको सम्पत्ति भएको बताइन्छ ।

इलियाना डिक्रुज

बलिउडमा बर्फीमार्फत आएकी इलियाना अहिले टप हिरोइनमा गनिन्छिन् । उनको सम्पत्ति १४ मिलियन डलर छ ।

करिष्मा कपुर

९० को दशकको हिट हिरोइन करिष्मा कपुर पछिल्लो समय फिल्मबाट केही टाढा छिन् । आफ्नो समयमा गोविन्दासँगको जोडीका कारण निकै हिट करिष्माको सम्पत्ति १२ मिलियन डलर छ ।

 

डिम्पल कपाडिया

बलिउड सुपरस्टार रहेका राजेश खन्नाकी पत्नी तथा आफ्नो समयकी चर्चित हिरोइन डिम्पल कपाडिया फिल्म बबीबाट बलिउड करिअर सुरु गरेकी हुन् । उनि अहिले पनि केही फिल्ममा देखिन्छिन् । उनको सम्पत्ति १० मिलियन डलर छ ।

प्रिती जिन्टा

एक समय कंगाल बन्ने अवस्थामा पुगेकी हिरोइन प्रिती जिन्टा अहिले भने धनी हिरोइनको सूचीमा आठौं नम्बरमा पर्छिन् । आज उनको आइपिएल टिम पनि छ । उनको सम्पत्ति १० मिलियन डलर छ ।

मल्लिका शेरावत

आफ्नो समयकी सुपरहिट हिरोइन मल्लिका शेरावत हलिउडसम्म पुगिसकेकी छिन् । फिल्म मर्डरबाट निकै चर्चा कमाएकी उनको कूल सम्पत्ति १० मिलियन डलर भएको बताइएको छ ।

प्रियंका चोपडा

प्रियंका चोपडा पछिल्लो समय हलिउडबाट चर्चित हुन थालेकी छिन् । अहिले हलिउड शो क्वान्टिकोमा व्यस्त प्रियंकाको सम्पत्ति ८ मिलियन डलर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१