नुवाकोट : जिल्लाको सुन्दरादेवी गाविसस्थित सुन्दरादेवी स्वास्थ्य चौकीमा आगलागी भएको छ ।
आगलागीका कारण औषधि र फर्निचर जलेर नष्ट भएका छन् ।
सुन्दरारदेवी गाविसको सातविसे बजारमा निजी घरको भाडामा रहेको उक्त स्वास्थ्य चौकीमा मंगलबार साँझ आगलागी भएको हो ।
स्वास्थ्य चौकीका अनुसार आगलागीका कारण चौकीमा रहेका तीन लाख बराबरको औषधी र फर्निचर जलेर नष्ट भएको छ ।
प्रहरी निरीक्षक प्रकाशराज शर्माका अनुसार स्वास्थ्य चौकीमा आगलागी भएको खबर बिहान मात्र प्राप्त भएपछि खरानीटारबाट गएको प्रहरीले क्षति विवरण संकलन गरेको थियो ।
प्रतिक्रिया