हामीले बेलैमा सचेत भएर क्रिप्टो क्रिश्चियन नेता नङ्ग्याउन तिर लाग्नु पर्छ मन्दिरा शर्मा पौडेल

evccfn@gmail.com' rastriyakhabar
२१ असार २०७९, मंगलवार २२:०५

कान्तिपुरका राजा प्रताप मल्ल, ललितपुरका राजा श्रीनिवास मल्ल र भक्तपुरका राजा रणजीत मल्लले उनीहरुलाई निर्भयतापूर्वक धर्मप्रचार गर्न छुट दिएका थिए ।
त्यसरी छुट दिनेमा ललितपुरका राजा श्रीनिवास मल्लले बढी नै उदारता देखाएका थिए । विसं १८२४ मा उनीहरुले ३९ नेपालीलाई इसाई बनाएका थिए र त्यही समयमा ललितपुरमा पहिलो चर्चको स्थापना भएको थियो । पृथ्वीनारायण शाहले काठमाडौँमा विजय पाउनासाथ आफ्ना ६२ जना शिष्यसहित ती पादरीहरुलाई नेपाल छोडेर जाने आदेश दिएका थिए ।
तिनीहरुले ब्रिटिस जासुसको रुपमा काम गर्ने आशंकामा देश निकाला गरएिको थियो। यसरी एक किसिमले क्रिसश्चियन को उन्मूलन नै गरियो यी देश का लागि हानिकारक तत्व हुन भनेर।२००७ साल मा प्रजातन्त्र आउँदा सम्म करिब २ दर्जन क्रिश्चियन भएको अनुमान छ र १ त्यो बेलामा १ जना नी पादरी थिएनन अनि बिस्तारै नेपाल मा मिसनरी हरु भित्रन थाले। राजा महेन्द्रको पालामा जेसुइटसहरुको नेपाल प्रवेशसँगै क्याथोलिक समुदायको पनि पुनःस्थापना भयो । जेसुइटसहरुले शैक्षिक प्रतिष्ठामार्फत देशको सेवा गर्ने उद्देश्य लिएका थिए । फादर मोरान नामका पादरीले त्यसबेला गोदावरीमा पहिलो इसाई विद्यालय स्थापना गरे । नेपाल आएर इसाई धर्म प्रचार गर्ने उनी पहिलो पादरी थिए । यसरी खोलिएको मिसन विद्यालयमा गरिब परविारका केटाकेटीलाई निःशुल्क शिक्षा दिइन्थ्यो।त्यसपछि क्याथोलिक सम्प्रदायका अनुयायीहरुको पहलमा सेन्ट जेभियर्स स्कुलको स्थापना भयो त्यसपछि स्कुल मात्र होइन क्याथोलिक चर्च पनि स्थापना हुन थाल्यो । नेपालको पहिलो प्रोटेस्टेस्ट चर्च पोखराको रामघाट चर्च हो । इन्टरनेसनल नेपाल फेलोसिप अर्थात आईएनएफ नेपालको सबैभन्दा पुरानो क्रिश्चियन मिशनरीहरुको संस्था हो यो युनाइटेड मिसन टु नेपाल भन्दा एक वर्ष अघिबाट सञ्चालनमा छ ।
उनीहरुले ग्रिन पाश्चर अस्पतालमा पोखरामा कुष्ठरोगका लागि खोलेका थिए । त्यसको सँगसँगै उनीहरुले पोखरामा साइनिङ अस्पताल खोले ।नेपाल जस्तो गरीब देशमा उनीहरूले शिक्षा,स्वास्थ्य अनि विकासको आवरण मा धर्म विस्तार गर्ने मुख्य उद्येश्य का साथ सक्रिय रहे जुन २०४६ साल पछि सतहमा नै आयो र गणतंत्र पछि त राज्यको नीति मात्र हैन संविधान बाट हिन्दू राज्य हटाएर धर्म निरपेक्ष बनाउन सफल भए। खासमा धर्म निरपेक्ष खुले आम धर्म प्रचार गर्न कै लागि थियो जसको फलस्वरूप अहिले नेपालमा शिक्षा ३० लाख भन्दा बढी क्रिस्चियन भै सकेका छन् र १२ हजार चर्च पनि स्थापना भएका छन् ।सामान्यतया हिन्दु, मुसलमान, शिखहरू आफ्नो धर्म मान्नमै सीमित छन् । उनीहरू चुपचाप आफ्नो धर्म मान्दै आएका छन् । धर्म निरपेक्षताको अर्थ पनि त्यही हो ।
तर, क्रिश्चियनहरू विश्वव्यापी रूपमा धर्म मान्न मात्रै होइन, व्यापक रूपमा फैलाउनमा समेत ठूलो मात्रामा शक्ति, पैसा र हतियार प्रयोग गरिरहेका छन् । नेपालमा सुकुम्बासी, गरिब, दलित, जनजाति बस्तीहरूमा क्रिश्चियन साम्राज्यवादले ठूलो संख्यामा चिलहरू पठाएको छ र तिनीहरूले ती बस्तीमा निरन्तर धर्मको शिकार गरिरहेका छन् । क्रिश्चियन साम्राज्यवादकै कारण नेपालमा धार्मिक सहिष्णुता खल्बलिँदै गएको छ । धर्म परिवर्तनले हजारौं वर्षदेखि चलिआएका सामाजिक मूल्यमान्यता, संस्कार र सांस्कृतिक धरातलका साथै नेपाली जनताको जीवनशैली र रहनसहनसँग मेल खाँदैन । जबर्जस्ती धर्म परिवर्तनले नेपालको परम्परागत धर्म संस्कृति,रहनसन,रीतिरिवाज माथि बलात्कार गरिरहेको छ ।नेपालमा जुनजुन धर्म मान्ने मान्छेहरू छन्, तिनीहरूलाई स्वतन्त्रतापूर्वक आफ्नो धर्म मान्न, धार्मिक सामाजिक कार्यमा संलग्न हुन पूर्ण अधिकार दिइनुपर्दछ । तर, धर्म परिवर्तनलाई कडाइपूर्वक रोक लगाइनुपर्दछ ।
प्राचीनकालदेखि वैदिक संस्कार अनुसार चलिआएको धर्म नै बैदिक सनातन धर्म भन्ने बुझिन्छ हिन्दु बौद्द को समाज मा जस्बर्जस्ती घुसेर आफ्नो धर्म प्रचार गर्न खोज्नु , सामाजिक सदभाब बिथोल्न खोज्नु यो भाबि गृह युद्द निम्त्याउने कुटिल चाल हो यस्ता कुत्सित तत्त्व लाइ बेलैमा चिनेर ठेगान न लगाउने हो भने हाम्रो सनातन धर्म संस्कृति अनि पहिचान नष्ट हुने खतरा छ। सर्वोच्च अदालतको विसं २०६८ जेठ १ गतेको परमादेशअनुसार पशुपतिनाथको वनक्षेत्रमा इसाइ (क्रिश्चियन) धर्मावलम्बीलाई शव गाड्न निषेध गरिएको छ तर त्यो क्षेत्रमा क्रिश्चियन हरु पक्की चिहान बनाई रहेका छन् र सरकारी स्तर बाटै जग्गा उपलब्ध गराउनु पर्छ भनेर लागि परेका छन्,यसको कारण यिनीहरु अब सरकारको नीति बनाउने ठाउँ सम्म पहुँच पुर्याउन सक्ने अवस्थामा छन्।विशेष गरी कांग्रेस को एउटा समुह अनि एमाले (नेकपा एस समेत) र माओवादी (माओवादी जनयुद्ध को एउटा मुख्य उद्येश्य नै यही थियो ) करिब सबै माथिल्लो तहका नेताहरु कृप्टो क्रिश्चियन भै सकेका छन्। ग्रिक भाषामा ‘क्रिप्टो’को अर्थ ‘गुप्त’ वा ‘लुकेको’ भन्ने अर्थ लाग्छ । एकनाथ ढकाल क्रिस्चियन धर्म विस्तारका लागि स्थापना भएको युनिभर्सल पिस फेडरेसन (युपीएफ) को नेपाल शाखाका प्रमुख हुन् र परिवार दल नामक राजनैतिक पार्टी खोलेर पछि यिनीहरूको सत्ता नै कब्जा गर्ने रणनीतिमा लागेका छन्।
एकनाथ ढकाल जस्ता ले अरु पार्टीका नेताहरुलाई विदेश भ्रमण गराउने र धार्मिक कार्यक्रम मा सहभागी गराउने भूमिका खेलेका छन्, यसमा माधव नेपाल सबै भन्दा अगाडि छन् भने कांग्रेस मा गगन,विश्वप्रकाश,सिटौला लगायत ले क्रिश्चियन धर्म को प्रचार मा सपोर्ट गर्ने गर्छन्।सुरेन्द्र पाण्डेले चितवन मा चर्च को शिल्यन्यस गरेको कुरा होस् वा जनार्दन शर्मा ले ३करोड लागत मा बनेको एजी चर्च को उद्घाटन गरेको अनि गगन थापाले आफ्नै कपनमा बृहत प्रशिक्षण केन्द्र खोल्न सहयोग गरेको कुरा सर्वविदित नै छ।जसको नुन खाएको छ त्यसअनुसारको शरीरमा गुण देखापर्छ, यो पनि ‘क्रिप्टो क्रिश्चियन’को एक अंश हो भनेर सबै सचेत हुनुपर्ने बेला आएको छ अब।माओवादी क्रिस्चियन ‘कनेक्सन’ सुरु भएपछि नेपालमा संस्कृत पढाएको निहुँमा शिक्षकको हत्या हुने घटनादेखि संस्कृत विद्यालयमा बम विस्फोटसम्म भयो । पुराण लगाएको ठाउँमा पण्डितको हत्या भयो।

बाहुनको घरमा गोरुको मासु पकाउन लगाएर खाए । गाउँमा काजकिरिया गर्न नदिने दशैँ तिहार मान्न नदिने घरमा राखेको जमरा उखेलेर फाल्ने बाहुनको टुपी उखेल्नेसम्म तत्कालीन जनयुद्वमा माओवादीले गरे । अब हामीले बेलैमा सचेत भएर क्रिप्टो क्रिश्चियन’ नेता नङ्ग्याउन तिर लाग्नु पर्छ नत्र हाम्रो धर्म संकृति सभ्यता अनि पहिचान नष्ट हुने वाला छ । कोही यी नेताहरुले यो विषय मा बोलेको सुन्न पाइएको छ आज सम्म ?

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१