इन्धन खपत कम गर्न कोटा प्रणाली प्रस्ताव

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० असार २०७९, सोमबार २२:१८

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खपत कम गर्न दुई पांग्रे र साना सवारी साधनलाई कम पेट्रोल दिने उपाय अघि सारेको छ । इन्धनको बढ्दो मूल्यका कारण वित्तीय अवस्था नाजुक बनेको भन्दै निगमको सोमबार सरकारलाई १० वटा उपाय सिफारिस गरेको छ । जसमा एउटा उपाय यस्ता सवारी साधनलाई कम पेट्रोलियम पदार्थ दिने पनि उल्लेख छ ।त्यस्तै सरकारी तथा निजी गाडी जोर–बिजोर प्रणालीमा सञ्चालन गर्न पनि निगमले प्रस्ताव गरेको छ । देशका प्रमुख सहरमा शनिवार गाडीरहित सार्वजनिक बिदाको घोषणा गर्नुपर्ने निगमको प्रस्ताव छ । छोटो दुरीमा सकभर गाडीको प्रयोग नगरि पैदल यात्रा गर्न आह्वान गर्ने, पेट्रोलियम पदार्थबाट चल्ने गाडीलगायत अन्य उपकरणहरूको आयात बन्द गर्ने, ठूला उद्योग, परियोजना, होटल आदिले डिजल तथा एलपी ग्यासको खपत नगरि बिजुलीको प्रयोग गर्न आह्वान गर्ने लगायतका प्रस्ताव निगमले गरेको छ ।

निगमका प्रवक्ता विनितमणि उपाध्ययकाअनुसार इन्धनको मूल्य वृद्धिका कारण मुलुकको अर्थतन्त्र र निगमलाई जोगाउन यस्ता उपाय तत्काल अवलम्बन गर्न आग्रह गरिएको हो । सोमबार बसेको निगमको बैठकले इन्धनको खपत कम गर्न तत्काल १० वटा उपाय अबलम्बन गर्न आग्रह गरिएको र त्यसमध्ये एक दुई पांग्रे र साना गाडीलाई कम मात्रामा इन्धन दिने पनि रहेको प्रवक्ता उपाध्ययले बताए ।

इन्धनको खपत बढ्दा निगमको नोक्सानीसमेत चुलिने भएपछि निगमले यस्तो प्रस्ताव तयार गरिएको हो । तर यो प्रस्तावलाई मन्त्रालयले स्वीकृत गरेमा मात्रै लागू हुनेछ ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१