थप ४० जनामा कोरोना सङ्क्रमण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० असार २०७९, सोमबार २२:१४

पछिल्लो २४ घण्टामा ४० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार १० जनाको नमुना परीक्षण गर्दा ४० जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा १९ जना निको भएसँगै अब नेपालमा तीन सय ३८ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । २४ घण्टामा कोरोनाका कारण कसैको पनि ज्यान गएको छैन ।

यस्तै थप एक लाख ४४ हजार ६ सय ६६ जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख ६, २०८१