MBL_Ad

ओमिक्रोनको सब भेरियन्ट बीए ५ नेपालमा पनि देखियो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ असार २०७९, आईतवार २०:४९

काठमाडौँ । ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ओमिक्रोन बीए ५ नेपालमा पनि देखिएको छ । बीए ५ अहिलेसम्म देखिएका ओमिक्रोनका उपप्रजातिहरूमध्ये झन्डै चार गुणा संक्रामक भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

 

धुलिखेल अस्पतालले गरेको जिन सिक्वेन्सिङ परीक्षणमा सो संक्रमण देखिएको जानकारी आएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले बताए ।

भारत र अमेरिकामा पछिल्लो समय संक्रमण ओमिक्रोनकै उपप्रजाति बीए ४ र बीए ५ ले बढाएको पुष्टि भइसकेको छ । नेपालमा अहिले बीए ५ कै कारण संक्रमण गराइरहेको भए कोभिड–१९ फेरि समुदायस्तरमा बढ्न सक्ने संक्रामक रोग विशेषज्ञ डा. जनक कोइराला बताउँछन् ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज १७, २०८०