अन्तर्राष्ट्रिय विमानस्थल निजगढमै बन्छ : सत्तारुढ गठबन्धन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ असार २०७९, आईतवार ०५:१४

गठबन्धनका शीर्ष नेताहरू बाराको निजगढमा पुगेर निमार्णाधिन अन्तर्राष्ट्रिय निजगढ विमानस्थलको स्थलगत अध्ययन गरेका छन् । सो क्रममा उनीहरूले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने घोषणा समेत गरेका छन् ।

सर्वोच्च अदालतले १२ जेठमा निगजढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि भएका सबै निर्णय खारेज गरेको थियो । त्यो फैसलाको पूर्णपाठ बुधबार आएको छ, जसले हालको प्रक्रिया खारेज भएपनि त्यहीँ विमानस्थल बन्नसक्ने बाटो खुला भने बन्द गरेको छैन । अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नुपर्ने भए विज्ञहरुको अध्ययन टोली बनाई कम भन्दा कम वातावरणीय क्षति हुने ठाउँ छनोट गरी निर्माण गर्न आदेश दिएको छ ।

विमानस्थलको अवलोकनपछि प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा अर्को अन्तर्राष्ट्रियस्तरको विमानस्थल आवश्यक रहेको बताएका छन् । शनिबार निजगढस्थित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थलको निरीक्षणमा पुगेका उनले सुविधासम्पन्न अन्तर्राष्ट्रिय विमानस्थलको एकदमै खाँचो रहेको बताएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल ‘गेम चेन्जर प्रोजेक्ट’ भएको बताए । समयमै विमानस्थल निर्माणको प्रक्रिया सुरु नभए करोडौँको लगानी अलपत्र पर्ने र फास्ट ट्रयाकको औचित्य समेत पुष्टि नहुने उनको तर्क छ । ‘फाष्ट ट्रयाकको डिपीआर बनाउँदा नै निजगढ एयरपोर्टको आवश्यकतालाई मध्यनगर गरेर नै गरिएको हो,’ प्रचण्डले भने ‘यो राष्ट्रिय गौरवको ड्रिम प्रोजेक्ट हो । यसले देशको अर्थतन्त्रमा गुणात्मक परिवर्तन ल्याउँछ ।’

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१