तामाङ समुदायको चर्चित मिडियाकर्मी मिलन लामा दोङ सम्मानित

evccfn@gmail.com' rastriyakhabar
१८ असार २०७९, शनिबार २३:३०

काठमाडौं । तामाङ चलचित्र काख्रे आज काठमाडौंको राष्ट्रिय नाँचघर जमलमा प्रतिनिधि सभा सदस्य बहादुर सिं तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न एक कार्यक्रम बिच प्रदर्शनीको भएको छ ।
कार्यक्रममा तामाङ चलचित्र क्षेत्रमा योगदान पुर्याउने बिभिन्न ब्यक्तित्व हरुलाई सम्मानपत्र , कदर पत्र र प्रशंसा पत्र माफर्त सम्मान गरीएको थियो । सोहि क्रममा मिडिया क्षेत्रबाट तामाङ चलचित्रमा योगदान दिएको भन्दै सारा खबर डटकम का सन्चालक मिलन कुमार लामा दोङ लाई सम्मान गरीएको थियो ।
कार्यक्रममा तामाङ समुदायको चर्चित नायक तथा तामाङ चलचित्र संघका अध्यक्ष कुमार मोक्तान , तामाङ महानायकका उपाधि पाएका अमिर दोङ , नायीका चाँदनी मोक्तान लगायत कलाकार , बिभिन्न बिधाका पत्रकार , राजनितिज्ञ ,समाजसेवी हरुको उपस्थिति रहेको थियो ।
ल्हाप्साङकर्पो म्युजिक सेन्टरको ब्यानरमा निर्माण गरिएको उक्त चलचित्रलाई रोशन फ्युवा तामाङले निर्देशन, कथाकार तथा नायक ऋतुराज पाख्रिनको कथा रहेको छ । उक्त चलचित्रको निर्माता प्रबल थिङ रहेको छ भने सह निर्माता शेखर थापा, शंकर पुढाशैनी र सरिता तामाङ रहेका छन ।
चलचित्रमा ऋतुराज पाख्रिन, सुनिता लुङ्बा, कुईसाङ रुम्बा, प्रबल थिङ, सिंग बहादुर तामाङ,सपना वाईबा, प्रभा घिसिङ, किरण गोर्खे, रेशम श्याउली, किरण साजन, लोप्साङ लामा, राम गोले, गेल्डेन तामाङ, रोशन तामाङ, माया स्याङबो लगायत कलाकारहरुको अभिनय रहेको यो चलचित्रको प्रिमियर सो मा नाचघरको हल खचक्कै भरीने दर्शकहरुको उपस्थिति रहेको थियो ।
यसैगरी, चलचित्रमा विशाल काल्तान र रिन्जिन लामाको संगीत रहेको छ । प्रकाश तामाङले छायांकन गरेको उक्त चलचित्रमा द्वन्द राजु किरातको रहेको छ भने शृंगार अस्मिताको रहेको छ ।
कोभिड १९ पछि प्रिमियर शो भएको तामाङ समुदायको यो पहिलो चलचित्र हो ।
काख्रे चलचित्र लकडाउनको समयमा नै निर्माण भएको थियो । काख्रे कथाकार तथा नायक ऋतुराज पख्रिनले सामाजिक विकृति र विसङ्गतिको विरुद्ध काथि प्राहार गरि तयार पारिएको कमेडी चलचित्र हो ।
चलचित्र काख्रेको मध्यान्तर सम्म हुटिङ सहित रमाउँदै चलचित्र हरीरहेका दर्शकहरु मध्यान्तर पछाडी भने केहि निराश बनेका थिए । पर्दामा चलचित्र देखिदाँ संग संगै २ वटा आवाज आएर चलचित्रलाई खल्लो बनाएको दर्शकहरुले प्रतिकृया दिएका छन् ।
समग्रमा चलचित्र राम्रो हुँदा हुँदै पनि केहि प्राबिधिक समस्याको कारण यस्तो भएको चलचित्र निर्माण पक्षले स्विकार गर्दै आम दर्शकहरु संग क्षमा याचना समेत गरेको छ ।
नाायक ऋतुराज पाख्रिन तथा निर्देशक रोशन फ्युवाले आफुहरुको कमजोरी स्विकार्दै अब आईन्दा यस्तो हुन नदिने प्रतिबद्धता सहित आम दर्शकहरुमा क्षमायाचना गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१